बार्सिलोना– स्पेनिस महारथी क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले करिअरको ६ सय गोल पूरा गरेका छन्। मेसीले ला लिगा अन्तर्गत आइतबार एट्लेटिको म्याड्रिड विरुद्ध उत्कृष्ट फ्रिकिकमार्फत ६ सय गोलको कोशेढुंगा पार गरेका हुन्।
६ सय मध्ये मेसीले क्लबका लागि ५ सय ३९ तथा देशका लागि ६१ गोल गरेका छन्। खेल जीवनमा एउटै क्लब बार्सिलोनबाट मात्र खेलेका मेसीले ७ सय ४७ औं खेलमा ६ गोल पूर गरेका हुन्।
जारी सिजनमा मेसीले ३२ गोल गरिसकेका छन्। मेसीले खेल करिअरमा एट्लेटिको विरुद्ध २८ गोल गरेका छन्। मेसीले बढी गोल गरेको क्लब भने सेभिल्ला हो। गत साता उनले सेभिल्ला विरुद्ध व्यक्तिगत २९ गोल गरेका थिए।
३० वर्षीय फरवार्ड मेसी बार्सिलोनाका लागि मात्र होइन ला लिगाका पनि सर्वाधिक गोलकर्ता हुन्। खेल जीवनमा ३८ ह्याट्रिक गरिसकेका मेसीले गत साता एसिस्टको पनि रेकर्ड बनाएका थिए। लुइस सुआरेजलाई गिरोना विरुद्धको खेलमा पास दिएसँगै मेसीले ला लिगामा बढी एसिस्टको कीर्तिमान बनाएका हुन्। मेसीले ला लिगामा अहिलेसम्म १ सय ४७ एसिस्ट गरिसकेका हुन्। योसँगै उनले रियल म्याड्रिडका मिचेलको रेकर्ड भंग गर्न सफल भए।
मेसीले अहिलेसम्म ३० ट्रफि उचालिसकेका छन्।
फुटबलका धेरै रेकर्ड बनाइसकेका मेसीले केहि रेकर्ड भने अझै बनाउन बाँकी छ। मेसी च्याम्पियन्स लिगको बढी गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। च्याम्पिन्स लिगमा बढी गोल गर्ने खेलाडी रियल म्याड्रिडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो छन्। यस्तै उनी बढी उपाधि जित्ने कीर्तिमानबाट पनि टाढा छन्। बढी उपाधि जित्ने कीर्तिमान म्यानचेस्टर युनाइटेडका रायन गिग्स हुन्। बार्सिलोनाका लागि बढी खेल खेल्ने कीर्तिमानमा जाभीको नाममा छ।
६ सय गोलको तथ्याङ
देब्रे खुट्टाबाट– ४९६ गोल
दाहिने खुट्टाबाट– ७८ गोल
हेडमार्फत – २४ गोल
अन्य– २ गोल
पेनाल्टीमार्फत– ७७ गोल
सिधा फ्रिकिकमार्फत– ३९ गोल
डिबक्सबाट– ५०४ गोल
डिबक्सबाहिरबाट– ९६ गोल
मेसीले कुन प्रतियोगिता कति गरे गोल?
ला लिगा– ३७३ गोल
च्याम्पियन्स लिग –९८ गोल
कोपा डेल रे– ४७ गोल
स्पेनिस सुपर कप– १३ गोल
युरोपियन सुपर कप– ३ गोल
क्लब विश्वकप– ५ गोल
कोपा अमेरिका– ८ गोल
फिफा विश्वकप– ५ गोल
विश्वकप छनोट– २१ गोल
मैत्रीपूर्ण खेल– २७ गोल
मेसीले जितेका उपाधि
ला लिगा – ८ पटक
च्याम्पियन्स लिग– ४ पटक
स्पेनिस कप– ५ पटक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।