काठमाडौं– अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान डेभिड वार्नर दक्षिण अफ्रिकाका ओपनिङ ब्याट्सम्यान क्वान्टन डे ककसँग झगडामा उत्रिएका छन्। 'लिक' भएको सिसिटिभी फुटेजमा वार्नरले ककसँग झगडा गरिएको सार्वजनिक भएको हो।
डर्बानको किंग्समिड रंगशालाको ड्रेसिङ रुपममा वार्नरले ककसँग बझाबाझ गरिएको देखिएको छ। त्यसपछि वार्नरलाई अन्य खेलाडीले तानेर लागेका थिए। वार्नरले आफ्नी श्रीमतीको विषयमा ककले व्यक्तिगत प्रतिक्रिया दिएको आरोप लगाउँदै झगडा गरेको बताइएको छ।
अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच भएको पहिलो टेस्टका दौरान घटना भएको हो। खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १ सय १८ रनले पराजित गर्यो।
ककसँग झगडा गर्नुअघि वार्नरले दक्षिण अफ्रिकाका कप्तान फाप डु फ्लेसिससँग पनि खेलका दौरा बाझेका थिए। झगडा गरेपछि वार्नरलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल र क्रिकेट अस्ट्रेलियाले कारबाही गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।