सुर्खेत- कर्णाली प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा रुकुम पश्चिम र जाजरकोटले आ–आफ्नो खेल जित्दै सुखद सुरुवात गरेका छन्।
आइतबार भएको खेलमा दैलेखलाई ९९ रनको फराकिलो अन्तरले पराजित गर्दै रुकुमले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
टस जितेर दैलेखले पहिले फिल्डिङ रोजेपछि मैदानमा आएको रुकुमले निर्धारित २० ओभरमा १ सय ६२ रान जोड्यो। उसका लागि खुसीराम विकले ७४ र दिनेश पुनले ६५ रनको अविजीत पारी खेले । एक सय ६३ रनको लक्ष्य पछ्याउँदै ब्याटिमा उत्रिएको दैलेख ९ दशमलव ५ ओभरमा ६३ रनमै समेटियो।
आइतबार नै भएको दोस्रो खेलमा जाजरकोटले जुम्लालाई ४ विकेटले पराजित गरेको छ। टस जितेर जाजरकोटले फिल्डिङ गर्ने निर्णय गरेपछि जुम्लाले पहिला ब्याटिङ गरेको थियो । जुम्लाले निर्धारित २० ओभरमा नौं विकेट गुमाउँदै एक सय २९ रन जोड्न सफल भयो । एक सय ३० रनको लक्ष्य जाजरकोटले १७ दशमलव ३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। जाजरकोटका सन्दीप शाहीले अविजित ५८ रन बनाएका थिए । शनिबारदेखि सुरु भएको प्रतियोगितामा कर्णाली प्रदेशका ६ जिल्लाको सहभागिता रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।