complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

अरुण तेस्रो आयोजना निर्माणको बाटो खुला, वन क्षेत्रको जग्गा सम्बन्धी विवाद समाधान

64x64
नेपाल लाइभ आइतबार, फागुन २०, २०७४  १५:२०
1140x725

विराटनगर– संखुवासभास्थित बहुप्रतीक्षित अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढाउन बाटो खुलेको छ। वन क्षेत्रको जग्गा प्रयोगबारे विगतमा रहेको विवाद समाधान भएपछि अरुण तेस्रो र माथिल्लो कर्णाली आयोजनाको काम अघि बढाउन सहज भएको हो।

अघिल्लो सरकारले आयोजना विकास सम्झौता (पिडिए) अनुसार नै वन क्षेत्रको जग्गा उपयोग गरेवापत आयोजना प्रबन्धकले बर्सेनि प्रतिहेक्टर १५ हजार रुपैयाँ बुझाउनेगरी व्यवस्था गर्न वन र भूमिसुधार मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेपछि वन क्षेत्रको जग्गा प्रयोगसँगै आयोजना निर्माणका लागि बाटो खुला भएको हो।

मन्त्रिपरिषद्ले वन क्षेत्रको समस्या समाधानको बाटो खोलिदिएपछि काममा सहजता भएको लगानी बोर्डका सहसचिव मधु भेटवालले जानकारी दिए। आयोजनाले निकुञ्जभित्रका रुख काटेवापत प्रतिरुख २५ वटा र निकुञ्ज बाहेक अन्य क्षेत्रमा प्रतिरुख २ वटा विरुवा रोप्नुपर्ने व्यवस्था गरिएको छ। वन क्षेत्रको जग्गा प्रयोग गरेवापतको रकम प्रत्येक ३ वर्षमा १० प्रतिशतका दरले बढ्ने व्यवस्था गरिएको वन मन्त्रालयले जनाएको छ।

आयोजनाको निर्माण थालिनुअघि गरिने वातावरणीय अध्ययन लगायतका सम्पूर्ण प्रक्रिया पूरा भएको लगानी बोर्डले जनाएको छ। तर, निर्माण स्थलमा विप्लव नेतृत्वको माओवादीको अवरोध कायमै छ। 

भारतको केन्द्र सरकार र हिमाञ्चल प्रदेश सरकारको साझेदारीमा खोलिएको एसजेभिएन (सतलज विद्युत् निगम)ले आयोजना निर्माणको काम गर्दै छ। एसजेभिएनले नेपालमा अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गर्न आफ्नो शतप्रतिशत लगानीमा सहायक कम्पनी एसजेभिएन–अरुण तेस्रो कम्पनी दर्ता गरेको छ। ९ वर्षअघि नै परियोजनाको सर्भे लाइसेन्स पाएको एसजेभिएनले ४ वर्ष लगाएर अनुसन्धानको काम पनि सम्पन्न गरेको सहसचिव भेटवालले जानकारी दिए। तीन वर्षअघि नै डिपिआर समेत तयार भएको छ भने हालसम्म करिब १ अर्ब २९ करोड रुपैयाँ मुआब्जा पनि बाँडिसकेको छ। २ सय ६५ परिवारको घर तथा जग्गा अधिग्रहण गरिएको आयोजनाले जनाएको छ।

निर्माणका लागि आवश्यक उपकरणहरु समेत नेपाल भित्र्याइएको छ। केही सामग्री अहिले पनि काँकरभिट्टा नाका हुँदै आउने क्रम जारी छ। 

अनुमानित १ खर्ब ४ अर्ब रुपैयाँको लगानीमा सम्पन्न हुने अरुण तेस्रोले सम्झौता अनुसार अबको ५ वर्षमा उत्पादन सुरु गर्नुपर्नेछ। प्रतिमेगावाट लागत १० करोड ५७ लाख रुपैयाँ हुने अनुमान गरिएको छ। पहिलो चरणमा पाथिभराको छिरिन्टेमा २० मिटर अग्लो बाँध बाँधी ४ सय ६६ मिटर लामो टनेल बनाएर पानी फर्काउन हाइटेन्सन टनेल निर्माण गर्ने र फ्याक्सिन्दामा पानी खसाल्ने संरचना तयार गरिनेछ। दोस्रो चरणमा ड्याम र सुरुङ निर्माण गरिने आयोजना ठेकेदार कम्पनीले जनाएको छ। 

विद्युत् उत्पादन सुरु भएको २५ वर्षपछि सतलजले नेपाल सरकारलाई आयोजना हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ। सम्झौता अनुसार अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादित कुल विद्युतको २१ दशमलब ९ प्रतिशत अर्थात् १९७ दशमलब १ मेगावाट बिजुली नेपाललाई निःशुल्क उपलब्ध गराउनुपर्नेछ। यस्तै, आयोजनाबाट प्रभावित परिवारलाई ३० युनिटका दरले विद्युत् निःशुल्क उपलब्ध गराउनुपर्ने सम्झौतामा छ। अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणमा करिब १ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

भेटवालका अनुसार, आयोजना निर्माणका लागि सतलजले २०७१ मंसिर ९ गते नै लगानी बोर्डसँग आयोजना विकास सम्झौता (पिडिए) सम्पन्न गरी २ वर्षपछि निर्माण कार्य सुरु गर्ने सहमति भएको थियो। वित्तीय व्यवस्थापन लागि छुट्याइएको २ वर्षको अवधिमा विभिन्न अवरोध भएपछि लगानी बोर्डको सिफारिसमा साढे एक वर्ष समय थपिएको थियो।

हालसम्म वातावरणीय लगायतका डिपिआरको काम सकिएको छ। पावर हाउस, निर्माण स्थलसम्म जाने झन्डै ५ किलोमिटर बाटो बनाउने काम भइरहेको छ। 

‘निर्माणको काम सुरु गर्ने अन्तिम तयारीमा छ’, भेटवालले भने, ‘आयोजना सफल हुन्छ÷हुँदैन भनेर डमी टेस्ट गर्ने काम भइरहेको छ।’

यता, अरुण तेस्रोको पिडिए हुनुअघि ९ सय मेगावाटकै माथिल्लो कर्णाली जलविद्युत् निर्माणका लागि लगानी बोर्ड र भारतीय कम्पनी जिएमआरबीच पिडिएमा हस्ताक्षर भएको थियो। वन क्षेत्रको जग्गा प्रयोगका विषयमा उत्पन्न विवाद समाधान भएपछि यो आयोजनाको काम अघि बढाउन सहज भएको छ। आयोजनाबाट २५ वर्षमा नेपाललाई तीन खर्ब ४८ अर्ब रुपैयाँ प्राप्त हुनेछ। त्यस्तै, १ अर्ब १६ अर्ब रुपैयाँ रोयल्टी, १ खर्ब ६६ अर्बको निःशुल्क विद्युत् र ८० अर्ब आयकर नेपालले पाउने बताइएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सम्झौता अनुसार कम्पनीले व्यावसायिक उत्पादन सुरु भएपछि १० वर्षसम्म शतप्रतिशत आयकर छुट पाउनेछ। त्यसपछिको थप ५ वर्ष नेपाल सरकारले ५० प्रतिशत आयकर छुट दिनुपर्नेछ।

आयोजनाका लागि आयात गरिने सिमेन्ट, रड तथा स्टिलजन्य सामग्री खरिद गर्दा भन्सारमा ५० प्रतिशत छुट दिइने व्यवस्था पनि छ। परियोजना सम्पन्न भएपछि नेपालले पाउने निःशुल्क ऊर्जा बाहेक अरुण तेस्रो र माथिल्लो कर्णालीको विद्युत् भारतमा निर्यात हुनेछ।

सरकारले दिनुपर्ने स्वीकृति समयमा नदिएमा वा ऐन कानुन परिवर्तन भए अथवा आन्दोलन, अवरोध, संकटकाल लागू भई २१ दिनभन्दा बढी लगातार हडताल गरिएमा सरकारले कम्पनीलाई क्षतिपूर्ति दिनुपर्ने प्रावधान छ। आयोजना वर्षभरिमा ३ महिना मात्र पूरा क्षमतामा चल्ने गरी डिजाइन गरिएको छ। आयोजना ‘निर्माण, स्वामित्व ग्रहण, सञ्चालन र हस्तान्तरण (बुट)’ मोडलमा बन्न लागेको सहसचिव भेटवालले जानकारी दिए।

यसअघि २०४३ सालमै अरुण तेस्रोको चर्चा सुरु भएको थियो। विश्व बैंकले लगानी गर्नेगरी परियोजनाको सम्झौता भएपछि विभिन्न राजनीतिक दलहरुले विरोध गरेपछि २०५१ सालमा बैंकले परियोजनाबाट हात झिक्यो। २०६३ मंसिरमा सम्पन्न शान्ति सम्झौतापछि देशमा शान्तिको सम्भावना बढ्यो। यसैबीच २०६४ सालमा सरकारले अन्तर्राष्ट्रिय टेन्डर मार्फत अरुण तेस्रो परियोजनाको विस्तृत अध्ययनका लागि आह्वान गर्‍यो। 

माथिल्लो कर्णाली र अरुण तेस्रोको पिडिए गर्न नहुने भन्दै वैद्य माओवादीसहितका विपक्षी दलहरुले विरोध गरेका थिए। यसअघि नै हुने भनिएको अरुण तेस्रोको पिडिए विभिन्न अवरोधकै कारण हुन सकेको थिएन। विरोधका कारण सार्क शिखर सम्मेलनको मौका पारेर अरुण तेस्रोको पिडिए भएको थियो।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०७४  १५:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर बिहीबार, असोज २९, २०८३
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्