काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपाल सम्मिलिन समूह 'बी' को खेलमा स्कटल्यान्डले अफगानिस्तानलाई पराजित गरेको छ। स्कटल्यान्डले अफगानिस्तानलाई आइतबार भएको खेलमा ७ विकेटले पराजित गरेको हो।
अफगानिस्तानले दिएको २ सय ५६ रनको लक्ष्य स्कटल्यान्डले ४७.२ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो। स्कटल्यान्डको जितमा कालुम म्याकलियोर्डले शतक प्रहार गरे। उनले नटआउट १ सय ४७ रन जोडे। उनले १ सय ४६ बल खेल्दा २३ चौका र १ छक्का प्रहार गरे। यस्तै बेरिङटनले ६७ रनको योगदान गरे।
त्यसअघि अफगानिस्तान ४९.४ ओभरमा २ सय ५५ रनमा आउट भयो। अफगानिस्तानका लागि मोहमम्द नाबीले ९२ रन तथा नाजिबुल्लाह जार्डानले ६७ रनको योगदान दिए। बलिङतर्फ स्कटल्यान्डका ब्राड ह्वेल र बेरिङटनले ३–३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।