काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपालले जिम्बावे विरुद्ध पहिले बलिङ गरिसहेको छ। जिम्बावेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गरिरहेको छ।
आक्रमक सुरुवात गरेको जिम्बावेका दुवै ओपनर आउट भएपछि नेपाललाई राहत मिलेको छ। नेपालका लागि बसन्त रेग्मीले २ तथा सन्दीप लामिछानले १ विकेट लिएका छन्। सन्दीप लामिछानेले ओपनर चेपास जुआओलाई ४१ रनमा आउट गरे। उनले २३ बलमा ४१ रन जोडे। ८ ओभरको पहिलो बलमा उनी आउट हुनुअघि जिम्बावेले ७७ रन जोडेको थियो। हामिल्टन मासाकाट्जालाई बसन्त रेग्मीले १७ रनमा आउट गरेपछि नेपाललाई राहत मिलेको थियो। लगत्तै बसन्तले महत्वपूर्ण विकेट लिने क्रममा ओपनर सोलोमन मिरेलाई आउट गरे। उनले ५२ रन जोडे। आउट हुनुअघि उनले ४१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।
अहिले ब्रेन्डन टेलर र क्रियाग इर्भिन ब्याटिङ गरिरहेका छन्। जिम्बावेले २५ ओभरमा ३ विकेटको क्षतिमा १ सय ६९ रन जोडेको छ।
खेल जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोट्स क्लबमा भइरहेको हो।
खेलमा नेपालका स्पिनर ललितनारायण राजवंशीले डेब्यु गरेका छन्। खेलमा राजवंशीसहित सन्दीप लामिछाने र बसन्त रेग्मी गरी तीन जना स्पिनरले खेल्ने भएका छन्।
नेपालले जिम्बावेको सिनियर टिमसँग एकदिवसीय खेलमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। अर्कोतर्फ नेपालका लागि आज जिम्बावेमा पहिलो अौपचारिक खेल हुनेछ।
क्विन्स स्पोट्स क्लबको तथ्यांक
पहिलो इनिङको औसत रन– २३५ रन
दोस्रो इनिङको औसत रन– २०६ रन
उच्चतम रन– ३९७/५
न्यूनतम रन– ११८/१०
उच्चतम लक्ष्य पार – ३२९/९
न्यूनतम लक्ष्य डिफेन्डेड– २११/६
नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी,आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी।
जिम्बावे टिम
ग्रिम क्रेमर (कप्तान), टेन्डाइ चातारा, क्रियाग इर्भिन, केल जर्भिस, हामिल्टन मासाकाड्जा, सोलोमन मिरे, सिकन्दर राजा, ब्रेन्डर टेलर (विकेटकिपर), ब्रियन भिटोरी, चेपास जुआओ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।