डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकामा मलेरियाका १० बिरामी फेला परेका छन्।
परशुराम नगरपालिकाका २ वडामा मलेरिया अर्थात् औलोका बिरामी भेटिएका हुन्। नगरपालिको वडा नम्बर ६ र ७ का बिरामी भएर जचाँउन आएका व्यक्तिहरूको रगत परीक्षण गर्दा मलेरियाको संक्रमण देखिएकोे स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टरकन्टोलर सुपरभाइजर हरिप्रसाद भट्टले जानकारी दिए।
साँदनी स्वास्थ्य चौकीमा पुगेका बिरामीहरूमा मलेरियाकाे लक्षण देखा परेका उनको भनाइ छ। दुई हप्ता अघिदेखि फैलिएको मलेरियाबाट संक्रमित १० जनाले निःशुल्क औषधि सेवन गरिसकेका छन्। त्यसमध्ये २ जना निकाे भइसकेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएकाे ५।
स्वास्थ्यकर्मीको टोली रामपुर, भोरकुण्डा, थालिगडा, ठूलागडालगायतका क्षेत्रमा खटिएकाे छ। जाेखिम भएका क्षेत्रमा स्वास्थ्यकर्मीको टोली ५ दिनदेखि खटिएको हाे।
औलो प्रभावित परशुराम नगरपालिका ६ का केही बस्तीमा लामखुट्टे नियन्त्रणका लागि कीटनाशक औषधि छर्किएकाे स्वास्थ्य कार्यालय, डडेल्धुराले जनाएको छ। वडा नम्बर ७ मा आइतबार औषधि छर्किने बताइएकाे छ। प्रभावित बस्तीमा केही दिनभित्र झुल वितरणको तयारी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।