काठमाडौं– क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा छनोट हुँदै इतिहास बनाएका नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले वेस्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेलसँगै खेल्ने भएका छन्।
शनिबार राति लन्डनमा भएको सिपिएलको अक्सनमार्फत सन्दीपलाई सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सले आवद्ध गरेको हो। सन्दीप ५ हजार डलरमा आवद्ध भएका हुन्। यो टिममा सन्दीप र गेलसँगै जिम्बावेका कपत्न ग्रिम केमर पनि छन्। यस्तै वेस्ट इन्डिजका कार्लोस वाथवेट, बंगलादेशका मोहमोदुल्लाहलाई पनि सेन्ट किट्सले आवद्ध गरेको हो।
१७ वर्षीय सन्दीप गत साता घोषणा गरिएको ३ सय ४८ खेलाडीको ड्राफ्टमा समावेश थिए। जसमा २ सय २७ विदेशी तथा इन्डिजका १ सय २१ जना थिए।
यी मध्ये उत्कृष्ट हुँदै सन्दीप सिपिएलमा छनोट भएका हन्। योसँगै सन्दीपले सिपिएल र आइपिएलमा छनोट हुने पहिले नेपाली खेलाडीको इतिहास बनाएका छन्।
सिपिएल आगामी ८ अगस्टदेखि १६ सेप्टेम्बरसम्म हुनेछ। सिपिएलमा ६ टिम सहभागी हुनेछन्। जसमा बार्बाडोस ट्रिडेन्ट्स, गुयना अमाजोन वारियर्स, जमैका तालावाहस, सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स, सेन्ट लुसिया र ट्रिन्बागो नाइटराइडर्सले प्रतिस्पर्धा गर्नेछन्।
यसअघि सन्दीप गत महिना इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सन सूचीमा परेका थिए। उनलाई अक्सनमार्फत दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा आबद्ध गरेको थियो। त्यसअघि पाकिस्तान प्रिमियर लिग र ढाका प्रिमियर लिगको ड्राफ्टमा परेका सन्दीप अक्सनमा भने छनोट हुन असफल भएका थिए।
सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स टिम : क्रिस गेल, इभिन लेविस, कार्लोस वार्थवेट, मोहमदुल्लाह रियाद, तावरेज साम्सी , टम कुपर, सेल्डोन कोटरेल, ब्रान्डन किङ, डेभोन थोमस, ग्रिम क्रेमर, फाबियन एलेन, सन्दीप लामिछाने, सारमह ब्रुक, जेरेमी लुइस, अल्जारी जोसेफ, इब्राहिम खालिल, ग्लेन जाब्ली
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।