एजेन्सी-नेपालका उदयीमान बलर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा पनि छनोट भएका छन्।
उनलाई सेन्ट किट्स एण्ड नेभीस प्याट्रियटस् टिमले लिएको छ।
बिहीबार लन्डनमा भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई प्याट्रियट्सले ५ हजार अमेरिकी डलरमा टोलीमा राखेको हो। सो टिममा क्रिस गेल लगाउयत विश्वका चर्चित खेलाडीहरु छन्।
सन्दीपलाई लिन पाएकोमा प्याट्रियटस्ले ट्वीटर तथा इन्टाग्रामार्फत खुशी व्यक्त गरेको छ।
सन्दीपलाई इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सले किनेपछि विश्वभरी उनको चर्चा बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।