काठमाडौं– तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग अन्तर्गत काठमाडौं क्षेत्रका खेल शुक्रबारदेखि सुरु भएको छ। उद्घाटन खेलमा ट्रिनीटी कलेजले जित हात पारेको छ। ट्रिनीटीले साउथ वेस्टर्न कलेजलाई २९ रनले पराजित गरेको छ।
टस हारेर ब्याटिङ गरेको ट्रिनिटी १९ ओभरमा १ सय १५ रनमा अलआउट भयो। ट्रिनिटीका लागि सन्दीप श्रेष्ठले सर्वाधिक २६ रन जोडे भने कृत चौधरीले २४ रन बटुले। बलिङतर्फ साउथ वेस्टर्नका विनोद थापा क्षेत्रीले ४ ओभर २४ रन ५ विकेट विकेट लिँदा अनुप कोईरालाले ३ ओभर १४ रन ३ विकेट लिन सफल भएका थिए।
१ सय १६ रनको लक्ष्य पछ्याएको साउथ वेस्टर्नले ८६ रन मात्र जोड्न सक्यो। साउथ वेस्टर्नका लागि मोजामिल अन्सारी र मनिश थापाले समान २०–२० रन हानेका थिए। ट्रिनिटीका रबिन आचार्यले ४ ओभर ८ रन ३ विकेट लिए। खेलका म्यान अफ दि म्याच साउथ वेस्टर्नका विनोद थापा क्षेत्री भए।
दोस्रो माइल स्टोनले बज्र कलेजलाई १० विकेटले हरायो।
त्यसअघि एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेशका जनरल म्यानेजर जयराम अर्यालले ब्याटिङ तथा हिसान काठ्माडौंका अध्यक्ष नरेन्द्रबहादुर अधिकारी बलिङ गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए। नेपालय इन्टरनेसनलका प्रबन्ध निर्देशक सुभास प्रधानले अम्पाएर रबिन्द्र गुप्तालाई बल प्रदान गरेपछि खेल सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।