• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

विश्वकप छनोट : इतिहास रच्न नेपाललाई चुनौती, समूह चरणका प्रतिद्वन्द्वी कस्ता?

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १८, २०७४  १२:२६
1140x725

काठमाडौं– आइतबारदेखि जिम्बावेमा एकदिवसीय विश्वकप छनोट प्रतियोगिता सुरु हुँदैछ। छनोट प्रतियोगितामा नेपाल समूह 'बी' मा छ।

समूहमा नेपालले टेस्ट टिमद्वय जिम्बावे र अफगानिस्तानसँगै स्कटल्यान्ड र हङकङसँग प्रतिस्पर्धा गर्नेछ। बलिया टिमसँग प्रतिस्पर्धा गर्न लागेको नेपालको पहिलो लक्ष्य एकदिवसीय मान्याता पाउनु रहेको नेपालका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले बताएका छन्। एकदिवसीय मान्यताका लागि नेपालले कम्तिमा आठौं स्थान हात पार्नुपर्नेछ।

सन् १९८८ मा आइसिसीसँग आबद्ध भएको नेपालले सन् १९९६ मा एसोसिएट सदस्यता पाएको थियो। सन् २०१४ मा टी–२० विश्वकपमा छनोट भएसँगै टी–२० मान्यता पाएको नेपाल जिम्बावेमा ऐतिहासिक उपलब्धि हात पार्ने अभियानमा छ।

तर नेपालले समूह चरणमा कठिन चुनौतीका पार गर्नुपर्नेछ। आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा सनसनीपूर्ण प्रदर्शन गरेको नेपाल उपविजेता बन्दै विश्वकप छनोट प्रतियोगिताका लागि छानिएको हो। 

नेपालले एकदिवसीय वरीयतामा १०औं स्थानको टिम अफगानिस्तान र ११औं स्थानको जिम्बावेसँग प्रतिस्पर्धात्मक खेल खेल्ने लक्ष्य बनाएको छ। स्कटल्यान्ड र हङकङलाई हराउन सके नेपालले सुपर–६ यात्रा गर्न सक्छ। 

नेपाल छनोट प्रतियोगिताको सबैभन्दा युवा टिम हो। नेपाली टिमको औसत उमेर २४ वर्ष छ। ३० वर्षीय कप्तान पारस खड्काले अलराउन्ड प्रदर्शन गर्छन्। कप्तान पारससँगै शक्ति गौचन र बसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल अनुभवी खेलाडी हुन्। डिभिजन–२ मा चल्न नसकेका उनीहरुसामु विश्वकप छनोटमा राम्रो खेल्नु पर्ने दबाब छ। 

२२ वर्षीय तीव्र गतिका बलर सोमपाल कामीसँगै सन्दीप लामिछाने नेपाली टिमको हतियार हुन्। आइपिएल र सिपिएलमा छनोट भएका १७ वर्षीय लेग स्पिनर सन्दीप यतिबेला सबैको नजरमा छन्।


नेपालको पछिल्ला नतिजा 
१५ फेब्रुअरी– युएईसँग ७ रनले पराजित 
१४ फेब्रुअरी– क्यानडामाथि १ विकेटको जित 
१२ फेब्रुअरी– केन्यामाथि ३ विकेटको जित 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली टिम 
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी
वैकल्पिक खेलाडी– सुनिल धमला, विनोद भण्डारी, सिद्धान्त लोहनी र किशोर महतो।

विश्वकप छनोटमा नेपालको खेल
फागुन २० गते – जिम्बावेविरुद्ध – क्विन्स स्पोर्ट्स क्लब 
फागुन २४ गते– स्कटल्यान्डविरुद्ध – क्विन्स स्पोर्ट्स क्लब 
फागुन २६ गते–  अफगानिस्तानविरुद्ध – बुलावायो एथ्लेटिक क्लब
फागुन २८ गते – हङकङविरुद्ध – क्विन्स स्पोर्ट्स क्लब


जिम्बावे 
समूहमा रहेको घरेलु टिम जिम्बावे एकदिवसीय वरीयतामा ११औं स्थानमा छ।  सन् १९८३ देखि विश्वकप खेल्दै आएको जिम्बावेको दसौं पटक आइसिसीको मुख्य प्रतियोगिता खेल्ने लक्ष्य बनाएको छ।
घरेलु मैदान र कन्डिनबारे जानकार हुनु जिम्बावेका लागि फाइदा छ। 

विश्वकप छनोटका लागि मध्यक्रमका ब्याट्सम्यान सिन विलियम्स पुन: टिममा फर्किएका छन्। विलियम्सले जिम्बावेबाट १ सय ११ एकदिवसीय खेल खेलिसकेका छन्। यस्तै ३३ वर्षीय चेफास जुवाओलाई पनि टिममा फेरि राखिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जिम्बावेले अफगानिस्तानसँग खेलिएको पछिल्लो सिरिज ४–१ ले गुमाएको थियो। त्यसपछि जिम्बावेले विश्वकप छनोटका लागि अनुभवी खेलाडीलाई फिर्ता बोलाएको हो।
सन् १९८१ मा एसोसिएट सदस्यता पाएको जिम्बावेले सन् १९८३ को विश्वकप खेलेको थियो। सो  प्रतियोगितामा जिम्बावेले अस्ट्रेलियालाई १३ रनले हराएर सनसनी मच्चाएको थियो। सन् १९९९ र २००३ को विश्वकपमा सुपर–६ मा पुग्नु जिम्बावेको राम्रो प्रदर्शन हो।

जिम्बावेको प्रमुख प्रशिक्षक हेथ स्ट्रिक हुन् भने लेन्स क्लुसेनर ब्याटिङ प्रशिक्षक छन्। राम्रो कोचिङ स्टाफ भएको जिम्बावेमा अनुभवी खेलाडी मुख्य हतियार हुन्। हामिल्टन मासाकाड्जादेखि कप्तान ग्रिम केमर, सिन विलियन्स, सिन इर्भिन, ब्रेन्डन टेलर जिम्बावेको टिममा छन्। टेलर जिम्बावेका मुख्य खेलाडी हुन्। अनुभवी टेलर दबाब झेल्न खेलाडीको रुपमा लिइन्छ। उनले सन् २०१५ को विश्वकपमा लगातार शतक प्रार गरेका थिए।

जिम्बावेका पछिल्ला नतिजा 
१९ फेब्रुअरी – अफगानिस्तानसँग १ सय ४६ रनले पराजित 
१६ फेब्रुअरी – अफगानिस्तानसँग १० विकेटले पराजित
१३ फेब्रुअरी– अफगानिस्तानसँग ६ विकेट पराजित

अफगानिस्तान 
अफगिस्तान लगातार दोस्रो पटक विश्वकप खेल्ने लक्ष्यमा छ। सन् २००९ मा एकदिवसीय मान्यता पाएको अफगानिस्ताले गत वर्ष आयरल्यान्डसँगै टेस्ट मान्यता पाएको थियो।

पछिल्लो सयम उदीयमान क्रिकेट शक्ति अफगानिस्तान एकदिवसीय वरियतामा १०औं स्थानमा छ। जिम्बावे विरुद्धको सिरिज ४–१ ले जितेको अफगानिस्तान उच्च फर्ममा छ। 

टिममा १६ वर्षीय स्पिनर मुजिब उर रहमान छन्। रहमानसँगै एकदिवसीय खेलका नम्बर एक बलर रसिद खानले अफगानिस्तान टिममा प्रभाव जमाउनेछन्। अनुभवी खेलाडी मोहमद नाबी पनि अफगान टिममा हुनु राम्रो पक्ष हो। टिममा रहेका सबै खेलाडी उच्च फर्ममा छन्। राहमत साहले जिम्बावे विरुद्धको सिरिजमा सबैभन्दा बढी रन प्रहार गर्ने क्रममा ४ इनिङमा २ सय ७२ रन जोडेका थिए। विकेटकिपर ब्याट्सम्यान मोहमद साहजादले पनि जिम्बावेविरुद्ध राम्रै ब्याट 
घुमाएका थिए।

गत संस्करणको विश्वकपमा पहिलो सहभागिता जनाएको अफगानिस्तानले स्कटल्यान्डलाई १ विकेटले हराउँदा बंगलादेश र श्रीलंकासँग हार बेहोरेको थियो। 

अफगानिस्ताको पछिल्ला नतिजा 
१९ फेब्रुअरी – जिम्बावेमाथि १ सय ४६ रनको जित 
१६ फेब्रुअरी – जिम्बावेमाथि १० विकेटको जित 
१३ फेब्रुअरी– जिम्बावेमाथि ६ विकेटको जित 

स्कटल्यान्ड 
४ वर्षअघि भएको एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्कटल्यान्ड च्याम्पियन बनेको थियो। च्याम्पियन बन्दै एकदिवसीय विश्वकपमा छनोट भएको स्कटल्यान्डले एकदिवसीय मान्यता पनि जोगाएको थियो।

विश्वकपमा भने स्कटल्यान्डको प्रदर्शन खराब रह्यो। खेलिएका ६ वटै खेलमा पराजित भयो। यद्यपि स्कटल्यान्डले न्युजिल्यान्ड र अफगानिस्तानलाई कडा टक्कर दिएको थियो।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दोस्रो हुँदै विश्वकपमा छानिएको स्कटल्यान्डलाई फेरि अर्को मौका आएको छ। विश्वकप छनोटका लागि युएईमा तयारी गरेको स्कटल्यान्डले आयरल्यान्ड र युएईसँग खेलेको थियो। यद्यपि उसले १ खेलमा मात्र जित निकाल्न सक्यो।

स्कटल्यान्डको टिममा सन् २०१४ मा छनोट जित्दाका अनुभवी खेलाडीको संख्या बढी छ। कप्तान केल कोइटजर, रिची बेरिङटन, म्याथ्यु क्रस, अलास्डायर इभान्स, मिचेन लेइक्स र कालुम म्याकलिओडले ४ वर्षअघिको छनोट खेलेका थिए। यी खेलाडी फेरि इतिहास दोहोर्यासउने अभियानमा छन्। यी खेलाडीसँग विश्वकप खेलेको समेत अनुभव छ।

डब्लुसिएल च्याम्पियनसिपमा कोइटजरले ५२ ओभरमा ५ सय ७४ रन बनाएका थिए। यस्तै म्याकलिओडले पनि ५५ ओभरमा ४ सय ४० रन जोडेका थिए। इभान्सले २४ विकेट लिएका थिए। 

टिममा प्रतिभावान युवा खेलाडी पनि छन्। २१ वर्षीय टम सोल तथा हालै युएईविरुद्ध शतक प्रहार गरेका म्याथ्यु क्रस पनि स्टकल्यान्डका हतियार हुन्। मिचेल जोन्स पनि अर्का प्रतिभाशाली खेलाडी हुन्। 

स्कटल्यान्डको पछिल्ला नतिजा
२३ जनवरी – युएईसँग ४ विकेटले पराजित 
२१ जनवरी – युएईमाथि २१ रनको जित 
१८ जनवरी– आयरल्यान्डसँग २४ रनले पराजित 

हङकङ
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा तेस्रो हुँदै हङकङ विश्वकप छनोट प्रतियोगिताका लागि छानिएको हो। एकदिवसीय विश्वकपमा अहिलेसम्म सहभागिता नजनाएको हङकङ इतिहास बनाउने अभियानमा छ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेलेका १४ मध्ये ८ खेलमा जित हात पारेको हङकङले १८ अंक जोड्दै तेस्रो भएको थियो। २ खेल वर्षाले प्रभावित बनेका थिए। अन्तिम खेलमा अंशुमान रथले पपुवा न्युगिनीविरुद्ध १ सय ४३ रन जोडेका थिए। रथ विश्वकप छनोटमा पनि हङकङको प्रमुख हतियार हुने पक्का छ।

उनले च्याम्पियनसिपमा १० खेल खेल्दै ६ सय ७८ रन बनाएका थिए। ७५.३३ को औसतमा रन बनाएका उनी च्याम्पियनसिपमा बढी रन प्रहार गर्ने खेलाडीको शीर्ष स्थानमा रहे।यस्तै बाबर हायत पनि हङकङका भरपर्दा खेलाडी हुन्। उनले च्याम्पियनसिपमा १२ खेलमा ५ सय ४३ जोडेका थिए। नदिम अहमेद हङकङका मुख्य बलर हुन्। उनले च्याम्पियनसिपमा ११ खेलमा २४ विकेट लिएका थिए। इसान खान पनि हङकङका अर्का राम्रा बलर हुन्।

हङकङले मार्क चापम्यानको अभाव महसुस गर्नेछ। हङकङको टिम छाडेर चापम्यानले न्युजिल्यान्डको राष्ट्रिय टिमबाट डेब्यु गरिसकेका छन्। 

सन् १९६९ आइसिसीको एसोसिएट सदस्य बनेको हङकङले सन् २०१४ र २०१६ को टी–२० विश्वकप खेलको थियो।

सन् २०१४ को एकदिवसीय कप छनोटमा तेस्रो स्थानमा सीमित हुँदा हङकङ विश्वकप छनोटमा असफल भएको थियो। यद्यपि हङकङले सुपर–६ मा ५ मध्ये ३ खेल जित्दै एकदिवसीय मान्यता भने कामय राखेको थियो। 

हङकङको पछिल्ला नतिजा 
८ डिसेम्बर– पपुवा न्युगिनीमाथि ९३ रनको जित 
६ डिसेम्बर – पपुवा न्युगिनीमाथि २३ रनको जित
१३ अक्टोबर – नेपालमाथि ८३ रनको जित

- (एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०७४  १२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रियागोल्ड बिस्कुटमा नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
सम्बन्धित सामग्री
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार दिउँसो इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित बुलबुल यादवको घरमा खानतलासी गर्दा ९१५ किलो ६८० ग्राम गाँजा बरामद भएको जिल्ला प्रह... आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गौमुखी गाउँपालिका–३ घर भएका घर्ती आइतबार दिउँसो करिब २ बजे कारागारको बाथरुममा झुण्डिएको अवस्... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
प्रियागोल्ड बिस्कुटमा नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्