काठमाडौं– बुढीगण्डकी परियोजनाको मुआब्जा वितरणमा भएको ढिलाईको विरोधमा समाजवादी दलका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई धर्नामा बसेका छन्।
गोरखा जिल्ला प्रशासन कार्यालयमा जनप्रतिनिधि र सरोकारवालाहरुसँग भट्टराई धर्नामा बसेका हुन्। ‘मुआब्जा वितरणमा भएकोे ढिलाइ अन्त्य गर्न र तुरून्त उचित मुआब्जा वितरण गर्न दबाब दिन’ धर्नामा बसिएको उनले ट्विट मार्फत् जनाएका छन्।
महत्वपूर्ण राष्ट्रिय गौरवको परियोजनाका समस्या हल गर्न सरकारको ध्यान केन्द्रित गर्न उनले सुझाएका छन्।
बुढीगण्डकी आयोजनाका लागि पेट्रोलियम पदार्थको कर बापत ३८ अर्ब भन्दा बढी उठिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।