काठमाडौं–अन्तर्राष्ट्रिय रेस्लरहरुबिच पोखराको रगंशालाभित्र नवनिर्मित कर्भडहलमा शुक्रबार प्रतिस्पर्धा हुँदैछ। त्यसका लागि सम्पूर्ण तयारी पुरा भएको आयोजक नेपाल रिङ रेष्लिङ संघले जनाएको छ । रेस्लिङ संग्राममा करिब ५ हजार दर्शकले प्रत्यक्ष स्वदेश तथा विदेश रेस्लरबिचको भिडन्तको मनोरञ्जन लिने आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले बताइन्।
रेस्लिङ संग्रामका लागि अत्याधुनिक लाइटिङको व्यवस्थापन गरिएको छ । रेस्लिङ शुक्रबार साँझ ५ बजेबाट शुरु हुने बताइएको छ । प्रतियोगिताका लागि स्वदेशी तथा विदेशी रेस्लर पोखरा आइपुगेका छन् । बिहिबार रेस्लरले पोखरामा स्थानीयसँग सामुहिक होली समेत खेलेका थिए । सास्कृतिक पर्वको अवसरमा रेस्लिङको मजा लिनका लागि पोखरेली दर्शक आतुर देखेर उत्साहित भएको नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगरले बताए ।
रिङ रेस्लिङ खेल विश्वमा सबै भन्दा वढी रुचाइएको खेल मध्ये एक हो । ‘नेपालमा रेस्लिङ खेलको बढ्दो क्रेज र पोखरालाई खेलकुद मार्फत पर्यटन प्रबद्र्धनका लागि समेत यो प्रतियोगिता आयोजना गर्न लागेको’ संघकी अध्यक्ष सुनिता थापाले बताएकी छन । ‘यो खेल पोखरामा आयोजना गर्न पाउँदा हामी मात्र उत्साही होइन सहभागिताका लागि आएका विदेशी खेलाडी पनि उत्साही भएका छन’ संघकी महासचिव सुर्वण श्रेष्ठले बताइन । ‘यहाँको खेल सुहाँउदो मौसमले पनि विदेशी खेलाडी उत्साही बनाएको छ,’ उनले भनिन् ।
अमेरिकाका प्रोरेस्लर गेमरले पोखराबाट आफु मोहित भएको बताउँदै शुक्रबार उत्कृष्ट पदर्शन गर्ने बताए।
विदेशी सहित यो खेलमा नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु, डेभिड, साईन , ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्ने छन् भने अन्तर्रा्ष्ट्रिय रुपमा प्रख्यात अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नीलले पोखरेली दर्शकलाई पूर्ण मनोरञ्जन दिने बताइएको छ ।
महासचिव सुवर्ण श्रेष्ठले यो खेलमा रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागिता जनाउने बताएका छन् । अन्तर्रा्ष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरु पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर केसी र प्रदिप पाण्डेले संचालन गर्ने छन् । प्रतियोगिताको कमेन्टेटरमा नेपालका प्रशिद्घ ¥यापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्सको जोडी रहनेछ भने उदघोषण कलाकार कबिता गेलाल शर्माले गर्ने छन।
प्रतियोगिता अबलोकनका लागि ३ सय ५ सय र १ हजारको टिकटको व्यवस्था गरिएको संघकी अध्यक्ष थापाले बताइन् । खेलका लागि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद र जिल्ला खेलकुद विकास समितीको सहयोग रहेको छ । १८ गते साँझ ५ बजे देखि सुरु हुने आयोजकले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।