लन्डन– एफए कपको पाँचौ चरणको खेलमा टोटनह्यामले सानदार जित हात पारेको छ। टोटनह्यामले रोचडालेलाई ६–१ गोलले पराजित गरेको हो।
टोटनह्यामको जितमा लोरन्टेले ह्याट्रिक गर्दा सन हेउङ मिनले २ गोल गरे। सनले खेलको २३ र ५६ मिनेटमा गोल गरेका थिए। लोरन्टेले ४७,५३ र ५९ मिनेटमा गोल गरेर १२ मिनेट भित्रै ह्याट्रिक पूरा गरेका थिए।
वाल्कर पिटर्सले दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा टोटनह्यामका लागि छैटौं गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।