चितवन- सन् २०१९ को पहिलो १० महिनामा जिल्लामा ५७ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन्। १३ हजार ६ सय ४१ जनाको रगत परीक्षण गरिएकोमा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन्।
भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेशनका अनुसार जिल्लाको विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन्।
फाउण्डेशनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार योसँगै जिल्लामा कार्यक्रम सुरु भएयता १ हजार ७ सय ८६ जना सङ्क्रमित पुगेका छन्। उनीहरुमध्ये १ हजार ५ पुरुष र ७ सय ८१ जना महिला रहेका छन्।
यस समयमा १ सय ६४ जनाको मृत्यु भएको सापकोटाले जानकारी दिए। मृत्यु हुनेमा १ सय १५ पुरुष र ५९ जना महिला रहेका छन्। पुरुषहरूले आफ्नो स्वास्थ्यको ख्याल नराख्दा बढी सङ्ख्यामा मृत्यु हुने गरेको पाइएको छ। सो कार्यालयमा अहिले नियमित एआरबी औषधि सेवन गर्ने ९ सय ११ जना सङ्क्रमितमध्ये ६४ जना बालबालिका रहेका छन्। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।