• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बिना कसुर साउदीमा जेल, ५ वर्ष कैद भुक्तान गरे पनि 'ब्लडमनी'ले अड्कायो

सहयोगको अपिल
64x64
नेपाल लाइभ मंगलबार, मंसिर ३, २०७६  ०६:०५
1140x725

काठमाडौं- ‘मेरो छोरा कसरी बसेको होला? खाएको छ कि छैन होला?’ म्याग्दी जिल्ला दरबाङकी हरिमाया निउरे नियतीसँग प्रश्न गर्छिन्। 

‘मेरो छोरालाई फर्काइदिनुस्, नत्र उनीहरूले मार्छन्, उसलाई बचाइदिनुस्,’ बाेल्दै गर्दा उनका कलेटी परेका ओठ काँपेको देख्न सकिन्थ्यो। आँखा भरिएर र तप्प तप्प आँशु खस्न थाल्छन्। विगत ३ वर्षदेखि हरिमायाको आश यसै गरी आँसु बनेर झरिरहेको छ। 

‘छोरा खुसी बोकेर फर्किन्छ भन्ने कत्रो आश थियो...,’ हरिमायाको गला अवरुद्ध भयो।

परिवारमा खुसी लिएर फर्कने बाचा गर्दै हिँडेका हरिमायाका जेठा छोरा राजकुमार निउरे साउदीमा जेलमा पुगेको खबर परिवारमा आएपछि पुरै परिवारको आँशु थामिएको छैन।

जेलबाट कहिलेकाँही राजकुमारले फोन गर्छन्। 

फोनमा राजकुमारसँगको संवादपछि त झन् झन् नियतिसँगै डर लाग्छ। 

'‘मेरो कुनै गल्ती छैन, म निर्दोष छु, बिना गल्ती म फसेँ, मलाई बचाउनुस्’ भनेर छोरा रुन्छ’ हरिमाया भन्छिन्, ‘हामी गरिबसँग केही छैन, मेरो छोरालाई कसरी बचाउने?’ 

‘मेरो भाइ निर्दोष छ, तर पनि झन्डै ६ वर्ष हुन लागिसक्यो ऊ जेलमा छ, त्यहाँ उसले ट्वाइलेटको पानी खानु परेको छ रे,’ राजकुमारकी दिदी पुनम केसीले थप कुरा पनि भन्न चाहे जस्तो बुझ्न सकिन्थ्यो। तर उनले पनि थप बोल्न सकिनन्।

Ncell 2
Ncell 2
nimb
nimb

000

राजकुमार जेल परेको ३ वर्षपछि मात्रै परिवारमा खबर आएको थियो। 

‘३ वर्षपछि मात्रै भाइ जेल परेको खबर आयो, बुबालाई केही थाहा हुँदैन, आमालाई सुनाउँ भने आमा प्रेसरको रोगी, सबै पीडा एक्लैले सहेँ, सम्झिएर एक्लै रोएँ, भौंतारिएर कहाँ कहाँ पुगेँ,’ पुनम सुनाउँछिन्। 

उनी राजकुमारलाई जेलबाट मुक्त गराउन परराष्ट्र र श्रम मन्त्रालयसम्म चहारिन्। वैदेशिक रोजगार बोर्ड पुगिन्। राजकुमारले श्रम स्वीकृति लिएर गएको गल्फ म्यानपावरसम्म पनि धाइन्। 

Xtrem

Xtrem

२०६८ साल जेठ २९ गते गल्फ म्यानपावरमार्फत लेबर कामका लागि श्रम स्वीकृति लिएर गएका राजकुमारलाई कम्पनीबाट भागेर अवैध रुपमा काम गरिरहेको अवस्थामा हत्याको आरोप लाग्यो। 

त्यसपछि झनै म्यानपावरलाई पन्छिने बाटो मिल्यो। राजकुमार आफूले पठाएको कम्पनीबाट भागेर अन्यत्र गएकाले अब यस विषयमा आफ्नो कुनै पनि दायित्व म्यानपावरको नरहने प्रतिक्रिया म्यानपावरले दियो।

पराराष्ट्र मन्त्रालय,श्रम मन्त्रालय र वैदेशिक रोजगार बोर्डबाट पनि राजकुमारलाई जेलबाट उद्धारका लागि तत्काल कुनै सहयोग हुने देखिएन। 

आमालाई थाहा नदिई भाइलाई जेलबाट निकाल्ने हिम्मत लिएकी दिदी पुनमले अन्तिममा यो कुरा आमालाई सुनाउन बाध्य भइन्।

छोराको खबरले आमा हरिमाया बेहोस भएर ढलिन्। उनमा एकातिर उच्च रक्तचापको समस्या बढ्यो। अर्कातिर तनाव। 

त्यसबेला उनलाई उपचारका लागि अस्पताल नै भर्ना गर्नु परेको थियो। 

000

‘थोरै समय कुरा हुन्थ्यो, काम गाह्रो छ, के गर्नु आमा तर ऋण गरेर आएको छु। ऋण तिर्न पुग्ने पैसा कमाएर भएपनि फर्कन्छु भन्थ्यो,’ हरिमाया सम्झिन्छिन्। 

त्यो बेला पनि आमाछोराबीच फोन संवाद नभएको लामो समय भएको थियो। आमालाई छोराले काम गरिरहेको होला भन्ने लाग्थ्यो।

‘छोरा काम गरिरहेको होला, काममा व्यस्त भएर फोन गरेन होला भन्ने सोचिरहेकी थिएँ,’ हरिमाया भन्छिन्।  राजकुमार झन्डै ६ वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका छन्।

'उनी कसरी जेल परे त?'

‘साथीलाई बचाउन खोज्दा’ यो विषय गम्भीर छ। 

000

राजकुमारका अनुसार उनी कामबाट कोठा तर्फ फर्कँदै थिए। सोही समयमा बाटोमा दुई जना मानिस झगडा गरिरहेको दृश्य देखे। 

उनी त्यतै तर्फ नजिकिए। सोही क्रममा एक जना रगताम्य भएर ढले। नजिकै गएर हेर्दा ती व्यक्ति नेपाली नै रहेछन्। मोरङ जिल्ला लेटाङ-३ का कमल वस्ती। 

एउटा नेपाली साउदीको ठाउँमा रगताम्य भएर छटपटाइरहेको देख्दा राजकुमारलाई अझै बढी दया लाग्यो। अस्पताल पुर्याएको दुई दिनपछि कमल वस्तीको निधन भयो।

त्यसपछि दया गरेर अस्पताल पुर्याउने राजकुमारलाई नै हत्याको आरोप लगाइयो। साउदीस्थित नेपाली दूतावासका अनुसार कमलको शवको पोष्टमार्टम रिपोर्टमा राजकुमारको औँठाछाप देखियो। 

राजकुमारले आफूले कमललाई ढलिरहेको स्थानबाट उठाएर उपचार गर्नका लागि लगेको बयान दिए। तर परदेशमा राजकुमारको कुरा कसैले सुनिदिएन।

उनलाई जर्बजस्ती हत्याको ट्याग भिराइयो। साउदीको कानुनले राजकुमारलाई ५ वर्ष कैद र ३० लाख जरिवानाको फैसला सुनायो। 

उनको ५ वर्षको कैद अवधि सकियो। तर जेलबाट छुट्न आवश्यक रकम (ब्लडमनी) नहुँदा राजकुमार जेलमै बस्न बाध्य छन्। 

साउदीको नियम अनुसार कसैले कसैको हत्या गरेमा उसलाई मृत्युदण्डसम्मको सजाए हुन्छ। 

यदि मृतकका परिवारले आफ्नो परिवारको सदस्य मारिए बापतको रकम (ब्लडमनी) माग गरी छुट दिए पछि मात्रै मृत्युदण्डबाट छुट भई आरोपित व्यक्ति जेलमुक्त हुन सक्ने अवस्था रहन्छ। 

‘भाइलाई जेलबाट निकाल्न मृतकका परिवारले सुरुमा ६० लाख रकम माग गरेका थिए। २ महिना अघिदेखि २० लाख माग गरेका छन्। हामीले त्यति धेरै रकम कसरी जुटाउने, भाई विदेश जाँदा लिएको ऋण पनि बढ्दै गएको छ, मलाई मात्रै ५ लाखभन्दा बढी ऋणले थिचिसक्यो,’ पुनमले वेदना पोखिन्। 

‘बुहारी पनि आफ्नै सुरकी छन्, छोरा सानै छँदा छाडेर माइत गएर बसेकी छन्, भाइको छोरा पनि म आफैँले सम्हालीरहेकी छु,’ दिदी पुनम भन्छिन्, ‘आफैँ ऋणले थिचिए पनि भाइलाई जेलबाट छुटाउन खटिएकी छु तर सहयोग कतैबाट नमिल्दा दिनरात रोएर बाँच्नुको विकल्प भेटिएकै छैन।’

नेपाल लाइभले मृतक कमलका परिवारसँग फोन सम्पर्क गर्न खोज्दा उनीहरु सम्पर्कमा आउन सकेका छैनन्।

कमलका आफन्त केशव वस्तीलाई फोन सम्पर्क गर्दा पनि उनले कुनै प्रतिक्रिया दिन चाहेका छैनन्। 

६ महिनाको बच्चा काखमा च्यापेर पुनम भाइलाई बचाउन काठमाडौं धाइरहेकी छन्। 

‘सामान्य परिवार। बुबा पनि सुस्त मनस्थितिको हुनुहुन्छ। घरमा भाइ कतार जाँदादेखि लागेको ऋण बढ्दै गइरहेको छ, त्यत्रो रकम कसरी जुटाउने भन्ने चिन्ता छ’ पुनम भन्छिन्। 

सामान्य परिवारमा जन्मिएका राजकुमारको परिवारलाई बिहान बेलुका छाक टार्न धौधौ भएको थियो। केही समय घरकै काम गरे। तर खान र परिवार पाल्न समेत मुस्किल भएपछि उनी श्रीमती र ३ वर्षको छोरा छाडेर विदेशिएका थिए। 

राजकुमारकी दिदी पुनम र भिनाजु तमबहादुर केसी ३ वर्षदेखि राजकुमारलाई जेलबाट छुटाउन सहयोगको अपिल गरिरहेका छन्। तर आवश्यक रकम जुटाउन नसकेपछि उनीहरुले सहयोगको अपिल गरेका छन्। 

जताततै सहयोगको हात फैलाउँदा पनि १ बल्लबल्ल १ लाख ४० हजार जति मात्रै जम्मा भएको छ।

राजकुमारको परिवारले राजकुमारलाई जेलमुक्त गराउनका लागि सहयोगी मनहरुसँग सहयोगको अपिल गरेको छ।

000

(‍सहयोग गर्न चाहनेले ९८४९९९२१७० मा (योगेन्द्र न्यौपाने)लाई सम्पर्क गर्न सकिने छ। साथै आमा हरिमाया निउरेका नाममा रहेको सिद्धार्थ बैंक गोंगबु शाखाको खाता नम्बर ०१६१५५१८५६७ मा रकम जम्मा गरी सहयोग गर्न सकिने छ।)

प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  ०६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला मंगलबार, असोज २०, २०८३
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्