काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित रंगशाला स्तरोन्ततिका लागि जापान सरकारले ७४ लाख रुपैयाँ (७१ हजार ६ सय ८१ अमेरिकी डलर) प्रदान गर्ने भएको छ।
जापान सरकारको ग्रान्ट एसिस्टेन्स फर कल्चरल ग्रासरुच पोजक्ट अन्तर्गत एन्फालाई सहयोग प्राप्त भएको हो।
सहयोग प्रदान गर्ने सम्झौता पत्रमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र एन्फाका महासचिवन धिरेन्द्र प्रधानले हस्ताक्षर गरे।
सहयोग रकम एन्फा कम्प्लेक्सको रंगशालाको खेलाडीको लकर कोठा, प्राविधिक अभ्यास कोठा, कार्यलय र शौचालय निर्माणका लागि उपयोग गरिने एन्फाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।