माउन्ट माउनगानुइ– न्युजिल्यान्ड विरुद्धको दोस्रो एकदिवसीय खेलमा इंग्ल्यान्ड विजयी भएको छ। दुवै टिमका गरी ४ खेलाडीले अर्धशतक बनाएको खेलमा इंग्ल्यान्ड ६ विकेटले विजयी भएको हो। इंग्ल्यान्डका इयान मोर्गान र वेन स्टोक्स तथा न्युजिल्यान्डका मार्टिङ गुपटिल र मिचेल सान्टनरले अर्धशतक प्रहार गरेका हुन्।
न्युजिल्यान्डले दिएको २ सय २४ रनको लक्ष्य इंग्ल्यान्डले ३७.५ ओभरमा ४ विकेटको क्षतिमा पार गर्यो। इंग्ल्यान्डका लागि वेन स्टोक्सले नटआउट ६३ रन जोडे। उनले ७४ बलमा ७ चौका र १ छक्का प्रहार गरे। जोश बटलरले नटआउट ३६ जोड्दा कप्तान इयान मोर्गानले ६२ रनको योगदान दिए। मोर्गानले ६३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। जोनी बिस्ट्रले पनि ३७ रन बटुले। बलिङतर्फ न्युजिल्यान्डका ट्रन्ट बाउल्टले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड २ बल खेल्न बाँकी छदा २ सय २३ रनमा अलआउट भयो। न्युजिल्यान्डका लागि ओपनर मार्टिन गुपटिलले ५० तथा मिचेल सान्टनरले नटआउट नटआउट ६३ रन बटुले । अन्य ब्याट्मस्यानले दोहोरो अंङ्कमा रन बटुल्न सकेनन्।
बलिङतर्फ इंग्ल्यान्डका बेन स्टोक्स, मोइन अली र क्रिस ओएक्सले समान २–२ विकेट लिए। २ विकेट लिएर अर्धशतक बनाएक स्टोक्स म्यान अफ दि म्याच भए।
इंग्ल्यान्ड विजयी भएसँगै ५ खेलको सिरिजमा १–१ को बरारबी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।