काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य 'फलाेअप'का लागि शनिबार पुनः ग्रान्डी अस्पताल जाने भएका छन्। कात्तिक १२ र १३ मा गरिएको डायलाइसिसका क्रममा राखिएको स्टेन्ट निकाल्नका लागि प्रधानमन्त्री ओली अस्पताल जान लागेका हुन्।
शुक्रबारको मन्त्रिपरिषद्को बैठकमा उनले यसबारे जानकारी गराएका थिए। प्रधानमन्त्री फलाेअपका लागि ग्रान्डी जाने पुष्टि गर्दै उनका प्रेस विज्ञ रामशरण बजगाईंले समय भने निश्चित नभएकाे बताए।
प्रधानमन्त्री ओलीले १२ वर्ष अघि भारतमा फेरेको मिर्गौलाको फलाेअप यसअघि भारत र सिंगापुरमा गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।