भैरहवा– रुपन्देहीमा अञ्चलस्तरीय प्रथम बुद्ध क्लासिक शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ।
मंगलबार भैरहवामा पत्रकार सम्मेलन आयोजना गरी बडी बिल्डिङ एन्ड फिटनेस एसोसिएसनले फागुन २६ देखि हुने प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको हो।
एसोसिएसनका अध्यक्ष अर्जुन विकले प्रतियोगितामा उपाधि विजेताले शिल्डका साथै ३५ हजार रुपैयाँ पाउने बताए।
प्रतियोगिता ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७० भन्दामाथिको तौल समूह गरी पाँच समूहमा प्रतिस्पर्धा गराइने उनले बताए।
प्रतियोगितामा बेस्ट मेन फिजिक्स उपाधि विजेताले शिल्ड र ५ हजार रुपैयाँ तथा महिला स्क्वाट विजेताले मेडल प्राप्त गर्नेछन्।
प्रतियोगिताको बडी बिल्डिङतर्फ ५० जना, फिजिक्सतर्फ २० जना र महिला स्क्वाटमा १५ जना खेलाडीले भाग लिने खेल संयोजक तथा एसोसिएसनका सचिव विजेन्द्रमान श्रेष्ठले जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।