• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नेपाली धावक : गरिबी जितेर विश्व च्याम्पियनसम्म

64x64
नेपाल लाइभ मंगलबार, फागुन १५, २०७४  १९:२३
1140x725

बसन्तपुर (तेह्रथुम)- घरमा मनग्गे जायजेथा हुँदा पनि संखुवासभा मादी मुलखर्क निवासी दुर्गाबहादुर गुरुङलाई २०४८ सालमा विदेश जाने रहर पलायो। त्यतिबेला गाउँमा विदेश जाने प्रचलन खुबै बढेको थियो। यसबाट उनी पनि अछुतो रहेनन्। त्यसैले घरमा कसैको कुरा नसुनी श्रीमती मनमायालाई ४ नाबालक छोडेर उनी साउदी अरेबियातर्फ लागे।  

वैदेशिक रोजगारीमा गएको १८ महिनासम्म न त उनको चिठी आयो न कुनै खबर। अत्तालिएकी मनमायाले श्रीमान्‌को खोजखबर गरिन्। पछि पत्ता लाग्यो, काम गर्ने सिलसिलामा लडेर दुर्गाबहादुरको ढाडमा किला गाडिएको रहेछ। यसको असर दिमागसम्म पुग्यो। उनी हिँडडुल गर्न नसक्ने गरी साउदीकै अस्पतालमा भर्ना भए।

श्रीमान्‌लाई साउदीको अस्पतालबाट नेपाल फर्काउन मनमायालाई थप १८ महिना लाग्यो। करिब ३६ महिनापछि नेपाल फर्किएका दुर्गाबहादुर 'जिउँदो लास'झैं थिए। कसैलाई नचिन्ने। सबैभन्दा बढी माया गर्ने श्रीमतीलाई समेत।

यसपछि गुरुङ परिवारको दुःखको दिन सुरु भयो। धन कमाउने सपना बुनेर लाहुर गएका दुर्गा घर फर्किंदा उल्टो ऋणको भारी थियो। एक्ली मनमायाले घर चलाउने स्थिति थिएन। उनीसँग एक मात्र उपाय थियो, गाउँको सबै जायजेथा साहुलाई जिम्मा लगाएर हिड्ने। संखुवासभाको सबै घरजग्गा साहुलाई जिम्मा लगाएर तेह्रथुमस्थित बसन्तपुरमा ओर्लिंदा गुरुङ परिवारको परिचय बदलियो सुकुम्वासीको रुपमा। 

उनले आफ्नो परिवार पाल्न गिट्टी कुटिन्। जुठो भाँडा माझिन्। परिवार पाल्न कठिन भएपछि २ सन्तानलाई माइतीको जिम्मा लगाइन्।

अहिले अवस्था ठ्याक्क फेरिएको छ। मनमायाको दुःखका दिन सुखमा परिणत हुँदैछन्।

उनको मुहारमा उज्यालो फेर्ने एउटै कारण बनेका छन्,  जेठा छोरा निमेष गुरुङ। 

२९ वर्षीय निमेष सन् २००८ डिसेम्बरमा सिंगापुर पुलिसमा भर्ती भए। यसपछि कथाले नसोचेको अकल्पनीय मोड लियो।

Ncell 2
Ncell 2
nimb
nimb

आमा मनमायाले गाउँमा गिट्टी कुट्दै र जुठो भाँडा माझेरै पनि आफ्ना सन्तानलाई शिक्षा दिलाउन कुनै कसर बाँकी राखिनन्। यसैक्रममा निमेषले १२ कक्षा उत्तीर्ण गरे। यसपछि जागिरको खोजीमा काठमाडौं भौंतारिएका उनले केही वर्ष विभिन्न होटलमा काम गरे। 

काठमाडौं आएपछि निमेषको सोचमा परिवर्तन देखियो। उनी आफ्नो परिवार, विशेषत: बुढ्यौलीले च्याप्दै गएकी आमालाई सहयोग गर्न चाहन्थे। यसका लागि एउटै विकल्प थियो, स्थिर जागिर। उनले नेपाली सेना र प्रहरीमा भर्तीका लागि आवेदन दिए। तर, नाम कत्तै निस्किएन।

यसपछि उनलाई अर्को सोच पलायो– आखिर जागिर नै खानु छ भने नेपालमै मात्र किन?  उनले लाहुरे बन्ने संकल्प गरे। तेस्रो प्रयासपछि उनी सिंगापुर पुलिसमा भर्ती भए। 

सिंगापुर पुलिसमै कार्यरत छँदा निमेषको जीवनले अर्को मोड लियो। ४ वर्ष जागिरमा रहँदा उनको शरीरले अनावश्यक आकार लियो। यसका लागि के गर्ने भन्ने सोचमा रहेकै बेला उनले दौडलाई प्राथमिकता दिने अठोट गरे। गाउँमा अभावका कारण उनी सधैं दौडिएर सबै ठाउँ भ्याउने गर्थे। त्यसैले निमेषका लागि यो कुनै नयाँ र अनौठो अभ्यास थिएन। उनले छोटो समयमै रफ्तार पक्डिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अहिले उनी त्यही रफ्तारले आफ्नो ख्याति राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा फैलाउन सफल भएका छन्। अर्थात्, उनी सिंगापुरमा कीर्तिमानधारी धावकको छवि बनाएर स्थापित भएका छन्। सिंगापुरमा अहिले उनको कीर्तिमान तोड्न अन्य धावकलाई हम्मेहम्मे परिरहेको छ।

उनी सिंगापुरको राष्ट्रिय कीर्तिमानधारी धावक हुन्। प्रहरीको विश्व च्याम्पियनसिपमा समेत स्वर्ण पदक जितिसकेका छन् निमेषले। 

प्रशिक्षकको कडा निगरानीबिना नै आफूलाई अब्बल साबित गरेका निमेष भन्छन्, ‘सम्भवत: त्यो मेरो आमाको देन होला। मभित्र ईख छ।’ 

सिंगापुर पुलिसमा प्रवेश गर्दा ‘फिट पुलिस’ को परिचय बनाएका उनी सन् २०१२ मा ‘मोटे पुलिस’ मा परिणत भए। ‘सिंगापुरमा फिट शरीर भएको प्रहरीलाई सबैले राम्रो मान्छन्। तौल बढ्दा म आफैलाई आत्मग्लानि हुन थालेको थियो,’ पुलिसबाट खेलतर्फ डोरिएको आफ्नो यात्रालाई प्रस्ट्याउँदै उनी भन्छन्।

सानैदेखि कडा परिश्रम गर्ने बानी परेका निमेषले ६ महिनामा १५ केजी तौल घटाए। उनको त्यो मेहनत देखेर सिंगापुर पुलिसमा छक्क नपर्ने सायदै कोही अफिसर थिए। 

प्रशिक्षकबिना पदकैपदक
उनी २०१३ मा पहिलोपल्ट सिंगापुर पुलिसको आन्तरिक प्रतिस्पर्धामा सहभागी भए। करिब ३ सय धावक सहभागी भएको ५ हजार र १० हजार मिटर दौडमा सातौं स्थान ओगटेपछि उनको चर्चा भयो। अर्को वर्ष त उनले दुवै स्पर्धामा स्वर्ण पदक नै हात पारे। 

उनी प्रशिक्षकको अभावमा इन्टरनेटबाट भिडियोहरू डाउनलोड गर्दै आफूभन्दा सिनियर खेलाडी कसरी दौडिन्छन्, त्यसको प्राविधिक ज्ञान लिन्थे। बिस्तारै उनी सिंगापुरमा आयोजना हुने एथलेटिक्स प्रतियोगिताको आकर्षण बन्न थाले।

२०१३ मा उनले सिंगापुरको २५ वर्ष पुरानो कीर्तिमान भंग गरे। ५ हजार मिटर दौडमा १९८८ मा कायम राष्ट्रिय कीर्तिमानलाई भंग गर्दै सनसनी मच्चाए। उनले ५ हजार मिटर दौड १५ मिनेट २४ सेकेन्डमा पूरा गरे। यति नै बेला उनले १० हजार मिटरको राष्ट्रिय कीर्तिमान पनि भंग गरे। यो पनि १० वर्ष पुरानो रेकर्ड थियो।

‘प्रहरी युनिटमा अब्बल भएपछि मलाई बाहिर पनि कुदेर जित्छु भन्ने हिम्मत आयो। त्यसैले खोजीखोजी प्रतियोगितामा भाग लिन थालेँ,' उनले भने।

सन् २०१४ मा उनले सिंगापुरमा अर्को ठूलो प्रतिस्पर्धा जिते। सिंगापुरको चर्चित पत्रिका ‘द स्ट्रेट टाइम’ ले आयोजना गर्ने हाफ म्याराथनमा उनी दोस्रो भए। यो प्रतियोगितामा उनले केन्या, इथियोपिया र सिंगापुरकै चर्चित धावकलाई पछि पारेका थिए।

त्यही वर्ष मलेसियामा माउन्ट किनाबलु अन्तर्राष्ट्रिय च्याम्पियनसिप आयोजना भयो। त्यसको हाफ म्याराथनमा उनले दोस्रो स्थान हात पारे। ५ सयभन्दा बढी अन्तर्राष्ट्रिय धावकले भाग लिएको यो प्रतियोगितामा केन्याका धावक पहिलो भए भने उनले जापानी धावकलाई पछि पारेका थिए।

सिंगापुर र मलेसियामा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले पदक जित्ने क्रम जारी छ। गत वर्ष मात्र अमेरिकामा भएको विश्व पुलिस फायर गेम्समा २ स्वर्ण जितेका थिए। जुन उनको अर्को ऐतिहासिक उपलब्धि थियो। गत अगस्टमा अमेरिकाको लस एन्जलसमा भएको प्रहरीको विश्व च्याम्पियनसिपमा पनि उनले हाफ म्याराथन र १० हजार मिटर दौडमा स्वर्ण जिते। हाफ म्याराथनमा  ९१ र १० हजार मिटरमा ५९ देशका धावकलाई पछि पारेका थिए। 

अहिले उनलाई पदक जित्ने बानी नै परिसकेको छ। पछिल्लो समय आफू सहभागी कुनै प्रतियोगितामा उनी खाली हात फर्किएका छैनन्। २०१४ देखि हालसम्म उनले ५ दर्जन स्वर्णसहित ३ सयभन्दा बढी पदक जितिसकेका छन्। यति धेरै पदक जित्दा पनि उनको कुनै प्रशिक्षक छैनन्। जति पदक जिते त्यो आफ्नो एकल प्रयासले।  

उनी सफलताको सबै श्रेय आमालाई दिन्छन्। गत महिना नेपाल आएका निमेषले नेपाल लाइभसँग भने, ‘पारिवारिक स्थिति र दुःखले मानिसलाई एउटा शक्ति प्रदान गर्दो रहेछ। जब मैले दुःख भोगेँ, त्यसपछि अठोट गरेँ– जिन्दगीमा अवश्य केही गर्छु।’ 

निमेषको अर्को इच्छा छ, नेपालका लागि योगदान दिने। 'समय र परिस्थिति मिलेमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर पदक जित्ने इच्छा छ,' उनी भन्छन् । यस्तै खेल जीवनपछि उनले नेपाली खेलकुद क्षेत्रलाई योगदान दिने पनि योजना बनाएका छन्। 'नेपाली खेलकुद क्षेत्रलाई योगदान दिने मेरो योजना छ। नेपाली खेलाडीका  लागि राम्रो प्रशिक्षण दिलाउन पहल गर्नेछु,' निमेषले योजना सुनाए। 

सिंगापुरको सफलता, बसन्तपुरमा खुसी
निमेषको चुलिँदो ख्याति सुनेर यतिबेला गाउँलेहरू पनि छक्क परेका छन्। केही समयअगाडि बसन्तपुरस्थित गुरुङ परिवारको घर पुग्दा छिमेकी गोपाल भुजेल संवाददातासँग भन्दै थिए, ‘म उनको सफलतालाई भुइँमान्छेले पहाड उचालेको संज्ञा दिन्छु। परिवारमा यति गाह्रो अवस्था थियो– बिहान एक छाक खाए, बेलुका के खाऊँ भन्ने समस्या थियो। उनीहरुको पहिलेको अवस्था सम्झिँदा गर्दा आँसु आउँछ।’

निमेषलाई स्कुलमा अध्यापन गराएका स्थानीय शिक्षक कृष्णप्रसाद दाहाल पनि उनको सफलता देखेर चकित छन्। सानैदेखि निमेषको बानीबाट परिचित उनी भन्छन्, ‘ऊ दृढ इच्छाशक्ति भएको विद्यार्थी हो। पढाइमा जेहेन्दार थियो भने स्वभाव अरुभन्दा भिन्न। संकल्प गरेको काम जसरी पनि पूरा गर्नुपर्छ भन्ने  स्वभाव थियो उसमा।’ 

निमेषसँगै हुर्किएकी माइली बहिनी अन्जना दाजुको सफलताबाट यतिबेला निकै हौसिएकी छिन्। विगतमा गरिबीका कारण आफूहरू धेरैपल्ट समाजबाट अपहेलित भएको सुनाउँदा उनका आँखा रसाउँछन्। पुरानो कुरा सम्झिँदै उनले भनिन्, ‘पहिला हामीले केही किनेर ल्यायो भने पनि चोरेर ल्याएको भन्थे। हामीसँग बोल्न पनि हिचकिचाउँथेँ।’ तर, अहिले जेठो दाजुको सफलताले स्थिति परिवर्तन भएको उनी सुनाउँछिन्।

निमेषको सफलतामा सबैभन्दा महत्वपूर्ण मानिएकी मनमाया यतिबेला फुरुंग छिन्। पहिले जमिनदारको श्रीमती, त्यसपछि सुकुम्वासी बन्दै अहिले ख्याति कमाउँदै गरेको छोराको आमा बनेकी मनमाया यसलाई 'भगवान्‌को लीला' भन्न रुचाउँछिन्।

अब उनको एउटै कामना छ, २३ वर्षअगाडि होस गुमाएका श्रीमान्‌को स्मरणशक्ति चाँडै फर्कियोस्।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०७४  १९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार दिउँसो इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित बुलबुल यादवको घरमा खानतलासी गर्दा ९१५ किलो ६८० ग्राम गाँजा बरामद भएको जिल्ला प्रह... आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गौमुखी गाउँपालिका–३ घर भएका घर्ती आइतबार दिउँसो करिब २ बजे कारागारको बाथरुममा झुण्डिएको अवस्... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्