पेरिस– फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन स्टार नेइमारले च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड विरुद्धको खेल गुमाउने भएका छन्।
आइतबार राति फेन्च लिग वान अन्तर्गत मार्सेलीविरुद्धको खेलमा नेइमार घाइते भएका थिए। मार्च ६ हुने रियल विरुद्धको खेल गुमाउने पक्का भएपनि नेइमार कहिले मैदान फर्कनेबारे पिएसजीले स्पष्ट पारेको छैन। यसअघि भएको अन्तिम १६ को पहिलो लेगमा रियलले पिएसजीलाई ३–१ गोलले हराएको थियो। दोस्रो लेगमा नेइमार अनुपस्थित हुने भएपछि पिएसजीलाई थप दबाब परेको छ।
आइतबार मार्सेली विरुद्धको खेलको ८० मिनेटमा डिफेन्डर बाउना सारसँग ठोक्किएपछि नेइमार घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए। उनको गोलिगाँठो समस्या देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।