अख्तियारद्वारा राष्ट्रिय अनुसन्धानका कर्मचारी पक्राउ

नेपाल लाइभ | २०७६ कार्तिक २७ बुधबार | Wednesday, November 13, 2019 १६:१७:०० मा प्रकाशित

राजविराज- राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको छ।

भारतीय नाकाबाट सामान ओसार–पसारमा सहयोग गर्ने लोभ देखाएर सेवाग्राहीसँग ५ हजार ५ हजार घुस लिएको आरोपमा कर्मचारी (सूचक) धर्मेन्द्रकुमार झालाई अख्तियारले पक्राउ गरेको हो।

जिल्ला कार्यालय, सप्तरीमा दरबन्दी रहेका झा हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गतका सीमानाका हेर्ने गरी खटिएका थिए। भन्सार नाकाबाट सामान ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीबाट घुस माग गरेको उजुरीपछि उनीमाथि निगरानी बढाइएको थियो।

बुधबार रकम लिइसकेपछि हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १४ स्थित, मल्हनियाँबाट आयोगको इटहरीस्थित कार्यालयको टोलीले झालाई नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। 

स्वर्ण रजत कास्य जम्मा
भारत
१०६ ६९ ३५ २१०
नेपाल
४३ ३३ ६२ १३८
श्रीलंका
३० ५४ ८३ १६७
पाकिस्तान
२१ २८ ३४ ८३
बंगलादेश
२२ ५४ ८३
माल्दिभ्स
भुटान