गोरखा– पाँचौं गोरखकाली रनिङ कप फुटबलको उपाधि त्रिवेणी युथ क्लब मुग्लिनले जितेको छ। सोमबार सम्पन्न फाइनलमा ट्राइब्रेकरमा ९–८ गोलअन्तरले नक्खिपोट युथ क्बल ललितपुरलाई हराउँदै त्रिवेणीले उपाधी चुमेको हो।
अघिल्लो वर्ष पनि उपविजेतामा चित्त बुझाएको नक्खिपोट युथ क्लब यो संस्करणमा पनि दोस्रो स्थानमै रोकियो। प्रतियोगित विजेता त्रिवेणीले नगद २ लाख रुपैयाँ पुरस्कार हात पारेको छ। उपविजेता नक्खिपोट युथ क्बलले १ लाख ५० हजार रुपैयाँ पायो।
प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल एएफसी रियल्ली भक्तपुर र गोरखकाली युथ क्लब दरवार मार्गले पनि नगद ५० हजार रुपैयाँ पुरस्कार पाए।
हरमटारी युवा क्लबको आयोजनामा हरमटारीस्थित खेलकुद मैदानमा सम्पन्न प्रतियोगितामा १६ टिमको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।