काठमाडौं– चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिसले सफलता निकालेका छन्।
सोमबार भएको पुरुषतर्फको पहिलो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को कठिन जित हात पारेको छ। हेल्प नेपालले आफ्नो पहिलो खेलमा मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई २५–१८, २३–२५, २५–२१ र ३४–३२ को सेटमा पराजित गर्यो । पुरुषतर्फ अर्को खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले नयाँ बजार सामाजिक क्लबलाई २५–६, २५–९ र २५–१४ को सेटमा पराजित गरेको छ।
त्रिपुरेश्वरको कभर्डहलमा संचालन भएको महिलातर्फको खेलमा शिवम् न्यू डायमण्ड एकेडेमीले बिजयी शुरुवात गरेको छ । न्यू डायमण्डले पद्मदय युथ क्लब चितवनलाई २५–१४, २५–१२ र २५–१८ को सोझो सेटमा पराजित गर्न सफल भयो। त्यस्तै, महिलातर्फकै अर्को खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले जावलाखेल टे«ेनिङ सेन्टरलाई २५–११, २५–१० र २५–१२ को सोझो सेटमा पराजित गर्न सफल भयो।
नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा महिलातर्फ ७ टोलीले सहभागिता जनाएको छ। पुरुषतर्फ ११ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको महिला तथा पुरुष विजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन्। यस्तै उपविजेताले १ लाख तथा तेस्रो हुनेले ६० हजार पुरस्कार पाउनेछन्।
प्रतियोगितामा दुवै विधातर्फ सर्वोत्कृष्ट हुने खेलाडीले समान १५–१५ हजार पाउनेछन्। यस्तै उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सर्भर र प्रशिक्षकले समान ५–५ हजार पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।