डडेल्धुरा- चिकित्सा शिक्षा सुधारको माग लिएर डडेल्धुरामा आमरण अनसनरत डा केसीलाई लिन गएको हेलिकोप्टर रित्तै फर्किएको छ।
डा केसीले जबरजस्ती अन्यत्र नजाने अडान लिएको र स्थानीयले डा केसीको माग पूरा नगरी जान नदिने भन्दै विरोध गरेपछि हेलिकोप्टर रित्तै फर्किएको हो।
अनसनका कारण डा केसीको स्वास्थ्य बिग्रिएपछि सरकारले डा केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो।
तर, सहमति विपरीत डा केसीलाई लैजान नदिने भन्दै स्थानीयले बिहानदेखि नै डडेल्धुरामा प्रदर्शन गरिरहेका छन्।
डा केसीलाई मनाउन डडेल्धुराका प्रमुख जिल्ला अधिकारीले प्रयास गरेका थिए।
तर, डा केसीलाई उनलाई समेत भेट्न मानेनन्।
चारैतिरको अवरोध र डा केसीले पनि नजाने अडान राखेपछि हेलोकोप्टर रित्तै फिर्किएको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।