गाईघाट– जिप प्रयोग गरी गाँजा तस्करी गर्ने दुई जनालाई उदयपुरमा प्रहरीले पक्राउ गरेको छ। उदयपुरको ताप्ली गाउँपालिक–२, ताप्लीबाट सोमबार बिहान स१च १७६६ नम्बरको जिपसहित सिरहाको धनगढी नगरपालिकाका ४५ वर्षीय कन्सलाल तामाङ्ग र ३५ वर्षीय मोहनबहादुर तामाङ्गलाई पक्राउ गरिएको हो।
उदयपुरबाट सिरहातर्फ जाँदै गरेको जिपमा बोरामा प्याक गरिएको करिब ५० केजी गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय रामपुर झिल्केका प्रहरी हवल्दार दिपेन्द्र सिंहले बताए।
गाँजा तस्करीमा संलग्न गाडीका चालक, सहचालकसहित तीन जना फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
ताप्लीवाट गाँजा बोकेको गाडी सिरहातर्फ जाँदै गरेको सूचनाको आधारमा चेकजाँच गरी उनीहरुलाई पक्राउ गरिएको सिंहले जानकारी दिएका छन्। संलग्न दुवैलाई जिप र गाँजासहित इलाका प्रहरी कार्यालय कटारी पठाउने तयारी भइरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।