काठमाडौं- नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अन्तिम कसरत गरिरहेका छन्।
बिहान प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका माओवादी अध्यक्षले अहिले पार्टीका शीर्ष दुई नेतासँग गृहकार्य गरिरहेका छन्। बिहान प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलमा मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो लागेको थियो।
मन्त्रालयको अन्तिम टुंगो लागेपछि माओवादी अध्यक्ष दाहालले रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठसँग छलफल गरिरहेका छन्। छलफल अध्यक्षको निवास ललितपुरको खुमलटारमा जारी छ।
गृह लगायत ७ मन्त्रालय पाएको माओवादीले बादलको नेतृत्वमा नयाँ सरकारमा जाने निर्णय गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।