म्याड्रिड– स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले सानदार जित हात पारेको छ। एट्लेटिकोले आइतबार भएको खेलमा सेभिल्लालाई ५–२ गोलले पराजित गरेको हो।
एट्लेटिकको जितमा एन्टोनी ग्रिजम्यानले खेलको ४२, ५१ र ८१ मिनेटमा गोल गर्दै ह्याट्रिक गरे। त्यसअघि डिएगो कोस्टाले २९ मिनेटमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए। एट्लेटिकोका लागि अर्को गोल कोकेले खेलको ६५ मिनेटमा गरेका थिए।
सेभिल्लाका लागि सारावियाले ८५ र नोलिटोले ८९ मिनेटमा गोल गरेपछि खेलमा फर्कन ढिलो भइसेकेको थियो।
ला लिगाको दोस्रो स्थानमा रहेको एट्लेटिकोले २५ खेलबाट ५८ अंक जोडेको छ। समान खेलबाट ६५ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ। साविक विजेता रियल म्याड्रिड ५१ अंक जोडेर तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।