लन्डन– इंग्लिस क्लब म्यानचेस्टर सिटीले सिजनको पहिलो उपाधि जितेको छ। सिटीले आइतबार राति भएको इएफएल कपको फाइनलमा आर्सनलमाथि ३–० गोलको जित निकाल्दै उपाधि जितेको हो।
पेप ग्वार्डिओलाले भने सिटीको प्रशिक्षकको रुपमा पहिलो उपाधि जितेका छन्।
सिटीलाई जित दिलाउने क्रममा सर्जियो अग्युरो, भिसेन्ट कोम्पनी र डेभिड सिल्भाले गोल गरे।
अग्युरोले खेलको १८ मिनेटमा गोल गरेर सिटीलाई अग्रता दिलाए। कोम्पनीले ५८ मिनेटमा अग्रता दोब्बर पार्दा सिल्भाले ६५ मिनेटमा तेस्रो गोल गरेका थिए।
सिटीले लिग कपको उपाधि पाँचौ पटक जितेको हो।
प्रिमियर लिगको उपाधि होडमा बलियो रहेको सिटीले च्याम्पियन्स लिगमा पनि राम्रो खेल पस्किरहेको छ। यद्यपी सिटी एफए कपबाट भने बाहिरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।