ओल्ड ट्राफोड (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले आफ्नो घरेलु मैदानमा साविक लिग विजेता चेल्सीलाई २–१ ले पराजित गरेको छ। जितसँगै युनाइटेड इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।
आइतबार राति खेल सकिन १५ मिनेट बाँकी रहँदा अतिरिक्त खेलाडीका रुपमा मैदान प्रवेश गरेका जेसी लिङ्गार्डले निर्णाय गोल गरेपछि रेड डेभिल्स विजयी भयो। यसअघि पहिलो हाफको खेल १–१ गोलको बराबरीमा समाप्त भएको थियो।
पहिलो हाफको ३२ मिनेटमा भ्रमणकारी चेल्सीका लागि विलियानले सुरुवाती गोल गरेका थिए। तर, त्यसको ७ मिनेटपछि नै रोमेलु लुकाकुले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए। चेल्सी लिगको पाँचौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।