नयाँ दिल्ली (एजेन्सी)– कुनै बेला भारतीय टिमका ‘मिस्टर डिपेन्डेवल’ तथा युथ–१९ टिमका प्रशिक्षक राहुल द्रविडले भर्खरै यस्तो काम गरेका छन्, जसका कारण उनको सम्मान अझै उच्च भएको छ। युथ–१९ टिमले विश्व कप जितेपछि प्रशिक्षकको भूमिकामा उनलाई ५० लाख रुपैयाँबाट सम्मानित गरिएको थियो।
टिमसँग लामो समयदेखि जोडिएका अन्य स्टाफले २५–२५ लाख रुपैयाँ मात्र पाएका थिए। द्रविडले भारतीय क्रिकेट बोर्डको यो निर्णयप्रति असन्तुष्टी जाहेर गरेका थिए। र, उनले आफूसँगै अन्य स्टाफको पुरस्कृत रकम पनि बराबरी हुनुपर्ने बताएका थिए। यसका लागि उनले आफूले पाएको रकम घटाउँदा आपत्ति नहुने जानकारी दिएका थिए।
भर्खरै बिसिसिआईले उनको माग सम्बोधन गरेको छ। अब अन्य स्टाफले पनि २५–२५ लाख रुपैयाँ पाउने भएका छन्। द्रविडको यो निर्णयले सबैभन्दा ठूलो फाइदा पूर्व ट्रेनर राजेश सावन्तको परिवारलाई हुने भएको छ। किनभने सावन्तको निधन गत वर्ष भएको थियो। विश्व कप विजेता टिमलाई बिसिसिआईले ३० लाख रुपैयाँ दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।