• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २१, २०८२ Thu, Mar 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

डा.केसीको अनसन : आन्दोलनमा कांग्रेस हाबी, सत्तारुढ माैन

एकहप्तामा के–के भयाे?
64x64
नेपाल लाइभ आइतबार, कात्तिक २४, २०७६  ११:१५
1140x725

डडेल्धुरा-  चकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीले सोमबारदेखि सुरु गरेको १७ औं चरणको अनशन आइतबार एकहप्ता पुगेकाे छ। यो एकहप्तामा डा.केसीको समर्थनमा भएका आन्दोलन तथा प्रदर्शन भएका छन्। आन्दाेलन र प्रदर्शनमा प्रतिपक्षी नेपाली कांग्रेस डडेल्धुराले समर्थन जनाएकाे छ।

डडेल्धुरा कांग्रेसका सभापति तथा प्रदेश सदस्य कर्णबहादुर मल्ल सबै आन्दोनमा सहभागी छन्। समर्थन जनाउनेमा नागरिक समाज, बहुउद्देश्य विकास समाज, रुडुक, उद्योग वाणिज्य संघ, निमार्ण व्यव्यसायी संघ, महिला उद्यमी संघ, गैरसरकारी महासंघ, नेविसंघ, स्ववियुलगायतका संघसंगठनका प्रतिनिधी र कांग्रेस निटकका व्यक्तित्वक छन्। नेकपा निकटकाले नेतृत्व गर्ने संस्थाहरु मध्ये पत्रकार महासंघ समर्थनमा रहेको छ भने अरु भातृ संगठनहरूले डा. केसीविरुद्ध सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन्।

भेटर समर्थन जनाउनेमा नेकपा निकट जनप्रतिनिधिहरुमा अमरगढीका मेयर रहेका छन्। कांग्रेस निकट जिल्लामा उपलब्ध रहेका अधिकांशले समर्थन जनाएका छन्। डा.केसीको अनसनमा राजनीति हावी भएकाे देखिन्छ। तर सतारुढ दलका जिल्लास्तरका नेताले समर्थन नजनाउदाँ केसीको माग सम्बोधनमा सरकार उदासीन रहेकाे प्रष्ट छ।

एकहप्तामा के–के भयाे?
सोमबारदेखि सुरु भएकाे केसीकाे १७औं चरणको अनसनकाे दोस्रो दिन सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांग्रेसका सभापति कर्णबहादुर मल्लले सत्याग्रहप्रति ऐक्यबद्धता जनाए। गत मंगलबार दिउँसो कार्यकर्तासहित अनसनरत केसीलाई भेटेर उनले ऐक्यबद्धता जनाएका हुन्। उनले डा. केसीलाई भेटेर याे अभियानमा डडेल्धुरा कांग्रेसको साथ रहेको बताएका थिए। साथै उनले गरीबकाे स्वास्थ्यका लागि थालिएको अभियानमा सहयोग गर्न सम्पूर्ण सुदूरपश्चिमबासीमा अनुरोध गरे।

समर्थनमा शान्तिपूर्ण दबाब र्‍याली
डा. केसीको सत्याग्रहको समर्थनमा शान्तिपूर्ण दबाब र्‍याली निकालिएको छ। गत बिहीबार नागरिक समाजको अगुवाइमा डडेल्धुरामा र्‍याली निकालियो। डडेल्धुराको बसपार्कबाट निकालिएकाे र्‍यालीमा ‘डाक्टर गोविन्द केसीले राखेका सम्पूर्ण मागहरू पूरा गर, डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसारका डाक्टरको यथाशीघ्र व्यवस्था गर, डडेल्धुरामा मेडिकल कलेजका लागि निर्णय गर, केसीको जीवनको रक्षा गर’ जस्ता नारा लगाउँदै सडकमा प्रदर्शन भएकाे थियाे।

यस्तै शुक्रबार पनि नागरिक समाज तथा पेशाकर्मी एवं व्यावसायिक संघसस्थाहरूको अगुवाइमा सदरमुकामको बसपार्क तुफानडाँड हुँदै जिल्ला प्रशासनदेखि भीमदत्त चोकसम्म र्‍याली निकालिएको थियाे। र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेका आन्दाेलनकारीले प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रसमेत पठाएका छन्। चारबुँदे मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई पठाइएको हो।

Ncell 2
Ncell 2

कांग्रेस नेता बडुले भेटे 
अनसनकाे पाँचौ दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा छाँया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले डा.केसीलाई भेटे। केसीलाई भेटेर उनले अनसनप्रति ऐक्यबद्धता जनाए। उनले केसीको अनसनप्रति सुरुदेखि नै कांग्रेसको समर्थन रहेको बताए। केसीले उठाएका मेडिकल शिक्षालाई गुणस्तरीय, सर्वसुलभ र सबैले पढ्न सक्ने बनाउनुपर्छ भन्ने माग जायज भएको नेता बडूले बताए।

काठमाडौं गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई केसीले अघि सारेका ७ बुँदे मागबारे जानकारी गराउने उनले बताए। कात्तिक २५ गते साेमबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री आउनेर साेहीबेला केसीले उठाएका माग सम्बोधन गर्न आग्रह गर्ने उनले बताए। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय अगुवाहरूले पनि सत्याग्रहस्थल पुगेर डा. केसीकाे अनसनमा ऐक्यबद्धता जनाइरहेका छन्। 

डोटीका विभिन्न ५ वटा संघसस्थाले ऐक्यबद्धता जनाएका छन्। डोटी उद्योग वाणिज्य संघको नेतृत्वमा बुधबार डडेल्धुरा पुगेको टोलीले डा.केसीले राखेका मागमा ऐक्यबद्धता जनाएको हो। उद्योग वाणिज्य संघसँगै गैरसरकारी संस्था महासंघ डोटी, शैलेश्वरी यातायात व्यवसायी संघ डोटी, होटल व्यवसायी संघ डोटी र त्रिवी प्राध्यापक संघ डोटीले डा. केसीका माग पूरा गर्न सरकारसमक्ष माग पनि गरेका छन्। संयुक्तरुपमा जारी गरिएकाे विज्ञप्तिमा केसीले उठाएका माग जनताको पक्षमा रहेको उल्लेख गरिएको छ।

समर्थनमा सिटी जुलुस
अनसनरत डा. केसीको समर्थनमा डडेल्धुरा सदरमुकामा दैनिकजसाे प्रदर्शन भइरहेका छन्। शनिबार पनि नागरिक समाज, पेशाकर्मी एवं व्यावसायिक संघसस्थाहरूको अगुवाइमा सिटी जुलुस प्रदर्शन भएकाे थियाे। सिटी जुलुसमा यहाँका नागरिक तथा पेशाकर्मी एवं व्यवसायीका साथै नागरिक समाज कैलाली, सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांग्रेस डडेल्धुराका सभापतिकाे सहभागिता थियो।

यी हुन् केसीले राखेका ७ माग

१. हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्। 
२. विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गरियोस्।
३. आन्दोलनरत मेडिकल विद्यार्थीहरूका मागहरू पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस्। अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरूलाई फौजदारी कानुन बमोजिम कडाभन्दा कडा कारवाही गरियोस्। नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडाैं विश्वविद्यालयको आंगिक कलेज तथा विस्तारित कार्यक्रममा तत्काल ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरियोस्। 
४. संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सिट संख्यामा वृद्धी गर्नेसम्बन्धीलगायतको निर्णय तत्काल खारेज गरियोस्। 
५. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबिबिएस  कार्यक्रम संचालन गरियोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढंगले प्रधानमन्त्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्विकृति दिँदै शीघ्र  एमबिबिएस कार्यक्रम संचालन गर्ने व्यवस्था गरियोस्। 
६. क्यान्सर लगायतका महंगा औषधि भारतभन्दा ४/५ गुणा महँगो भएकाले सुपथ मूल्यमा उपलब्ध गराउने व्यवस्था गरियोस्। कर्मचारी समायोजनका कारण सेवा नै अवरुद्ध भएका डडेल्धुरा लगायतका अस्पताल र स्वास्थ्य संस्थाहरूमा तत्काल दरबन्दीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरियोस्।  
७. संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा दलीय भागवन्डाबाट रोकी पीडि़तको मागअनुसार सम्बन्धित कानुन संशोधन गर्दै पीडितको विश्वास जित्ने विज्ञहरूलाई नियुक्त गरियोस्।

प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  ११:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्मचारीहरूले पाएनन् मतदान गर्न, सहजीकरण भइरहेको आयोगको भनाइ
चुनाव बहिष्कार गर्दै आएका विप्लवले १२ वर्षपछि भोट खसाले
कांग्रेस सभापति थापाले काठमाडौंमा गरे मतदान
सम्बन्धित सामग्री
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद सर्लाही–४ को बसबरिया गाउँपालिका ( ३ भवानीपुरस्थित जनता माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु हुने वित्तिकै विवाद सुरु भएको... बिहीबार, फागुन २१, २०८२
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो मतदान केन्द्रमा खटिएका प्रहरी जवानले बोकेको सर्टगन अचानक पड्किँदा मतपेटिसकामा क्षति पुगेको हो। बिहीबार, फागुन २१, २०८२
देशका अधिकांश भागमा आज मौसम सफा रहने साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहीबार, फागुन २१, २०८२
ताजा समाचारसबै
कर्मचारीहरूले पाएनन् मतदान गर्न, सहजीकरण भइरहेको आयोगको भनाइ बिहीबार, फागुन २१, २०८२
चुनाव बहिष्कार गर्दै आएका विप्लवले १२ वर्षपछि भोट खसाले बिहीबार, फागुन २१, २०८२
कांग्रेस सभापति थापाले काठमाडौंमा गरे मतदान बिहीबार, फागुन २१, २०८२
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद बिहीबार, फागुन २१, २०८२
धापासी पुगेर प्रधानमन्त्रीले गरिन् मतदान बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो बिहीबार, फागुन २१, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
मतदान केन्द्रमा खटिएका दुई कर्मचारीलाई सेनाको हेलिकप्टर मार्फत उद्धार गरियो बुधबार, फागुन २०, २०८२
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्