• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

यसरी ढलेको थियो ३० वर्षअघि बर्लिनको पर्खाल

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २४, २०७६  १०:४२
1140x725

एजेन्सी– बर्लिनको पर्खाल भन्नेबित्तिकै आजभन्दा करिब तीन दशकअघि जर्मनीले आपसमा विभाजन हुँदा भोगेको पीडाको याद आउँछ। दुई देशबीचको शीतयुद्धका क्रममा बनाइएको पर्खाल सन् १९८९ नोभेम्बर ९ मा भत्काइएको थियो। हिजो मात्र बर्लिन पर्खाल भत्काइएको  ३० वर्ष पुगेको छ।

आफ्ना बौद्धिक र कामकाजी युवालाई पश्चिम जर्मनीतर्फ भाग्नबाट रोक्न पूर्वी जर्मनीले यो पर्खाल ठड्याएको थियो। पर्खाल ढलेको दिनपछि विश्व व्यवस्थाको व्याख्यानमा एउटा पदावली चर्चित बनेको थियो– बर्लिनको पर्खाल ढलेपछि‘ ।
कसरी ठडियो बर्लिनको पर्खाल?  दोस्रो विश्वयुद्धको अन्त्यमा सोभियत सेनाले अधीनमा लिएको जर्मनीको पूर्वी भागलाई अक्टोबर १९४९ मा जनवादी गणतन्त्र जर्मनी बनाइएको थियो।

छुट्टै मुलुक बने पनि सेना, प्रशासन र गुप्तचर लगायतमा सोभियत युनियनकै नियन्त्रण थियो। यस मुलुकको राज्य नियन्त्रित अर्थ व्यवस्था सामान्य रुपमा सफल भएको थियो। तर, त्यसको तुलनामा पश्चिम जर्मनीको विकास निकै तीव्र थियो। सामाजिक बजार अर्थतन्त्र अँगालेको प्रजातान्त्रिक पश्चिम जर्मनीले चामत्कारिक ढंगले उन्नति गरिरहेको थियो। यस्तो अवस्थामा पूर्वी जर्मनीका बौद्धिक र कामकाजी युवा पश्चिम जर्मनीतिर पलायन हुन थाले। पाठ्यक्रममा मार्क्सवाद र लेनिनवाद अनिवार्य गरिएपछि नै पूर्वी जर्मनीका धेरै प्राध्यापक र विद्यार्थीको आर्कषण पश्चिम जर्मन भएको थियो। त्यसमा पश्चिमतिरको स्वतन्त्रता र विकासले उनीहरूलाई थप आकर्षित गरेको थियो।


सन् १९५३ सम्ममा झन्डै १० लाख पूर्वी जर्मनी पश्चिमतर्फ पलायन भइसकेका थिए। यसरी पलायन हुनेमा प्राध्यापक, डाक्टर, वकिल, इन्जिनियर, शिक्षक लगायतका बौद्धिक वर्गका पेसाकर्मीहरू थिए।  यसरी पलायन सुरु भएपछि पूर्वी जर्मनीका शासकहरुको आलोचना मात्र भएन, देशमा नै बौद्धिक समुदाय नरहने खतरा समेत आइलाग्यो।  यस्तो ‘ब्रेन ड्रेन’बाट पूर्वी जर्मनीलाई ठूलो क्षति पुग्ने उनीहरुले महसुस गरे। उनीहरुले यतिसम्म कदम चाले कि पूर्वी जर्मनीले पश्चिमसँग यसबापत १७ अर्ब डलर क्षतिपूर्तिसमेत माग्यो।

यसपछि पूर्वी जर्मनीले विभिन्न कानुनी व्यवस्था गरी आवतजावतमा कडाइ र नियन्त्रण गर्ने नीति अख्तियार गर्यो। सन् १९६१ बाट सीमा पूर्ण रुपमा बन्द गरी बर्लिनमा पर्खाल लगाउने अभियान सुरु गर्यो। यसलाई उसले ‘फाँसीवाद विरुद्धको सुरक्षा कवच’को रुपमा परिभाषित गर्दै प्रचार गर्यो र नाम दियो, जसलाई पश्चिमले भने नाम दियो ( लाजको पर्खाल  ) ।  पर्खाल भत्काउन पश्चिम जर्मनी र उसका समर्थक अमेरिका लगायतका मुलुकले सोभियत युनियन र पूर्वी जर्मनीलाई दबाब दिए पनि उनीहरु सफल रहेनन्। पूर्वी जर्मनीका विद्यानहरुको प्रवेशले देशलाई फाइदा पुगेको रुपमा पश्चिमले लिएको थियो। तर पर्खाल लागेपछि यो क्रम एक्कासि रोकिन पुग्यो। सन् १९८७ मा बर्लिनमा भाषण गर्दै अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले ‘मिस्टर गोर्बाचेव, यो पर्खाल ढलाउनु’ सम्म भनेकोबाट पश्चिमले कति दबाब सिर्जना गरेको थियो, बुझ्न सकिन्छ।  पूर्वी जर्मनीभित्रै शृंखलाबद्ध रुपमा शासनविरोधी गतिविधि भएपछि अन्ततः ९ नोभेम्बर, १९८९ मा सरकार सीमा खोल्न बाध्य भयो। जनताहरूले खुसीले पर्खाल चढे। यसलाई भत्काएर चोइटा संग्रहसमेत गरेका थिए। केही महिनासम्म चलेको यो क्रम इतिहासमा एक अनौठो घटनाको रुपमा चित्रित छ।  पर्खाल ढलेपछि अक्टोबर १९९० मा दुवै जर्मनी एक भए।


बर्लिनको पर्खालका राेचक  १० तथ्य

nimb
nimb
Ncell 2
Ncell 2

१. नाजी जर्मनीहरुले आत्मसमर्पण गरेपछि समाप्त भएको दोस्रो विश्वयुद्धपछिको सैनिक गठबन्धनले जर्मनीलाई चार भागमा विभाजन गर्यो। सबैभन्दा ठूलो पूर्वी क्षेत्र सोभियततर्फको थियो। पश्चिम तर्फका सहरहरु त्यतिबेला फ्रान्स, ग्रेट ब्रिटेन र अमेरिकाको नियन्त्रणमा थिए।

२. पश्चिमी जर्मनीमा भएको विकास र राजनीतिक स्वतन्त्रताका कारण समाजवादी पूर्वी जर्मनीबाट पश्चिमतर्फ बसाइँसराइ गर्नेहरु बढ्न थाले। सन् १९४९ देखि सन् १९६१ मा बर्लिनको पर्खाल नबन्दासम्म करिब ३० लाख मानिस पूर्वबाट पश्चिम जर्मनी सरेको तथ्यांक भेटिन्छ। यो अवधिमा ४ हजार ६ सय डाक्टर १५ हजार ८८५ अध्यापक, ७३८ प्राध्यापक, १५ हजार ५३६ इन्जिनियर लगायत ३७ हजार विभिन्न क्षेत्रका विशेषज्ञ पश्चिम सरेको बताइन्छ। अझ पूर्वी जर्मनी कम्युनिस्टहरुले शासन गरेको र समाजवादी राज्यव्यवस्था भएकाले यहाँ शिक्षा निस्शुल्क थियो। त्यसैले पढ्न पूर्वतिर र काम गर्न पश्चिम पुग्ने गरेको बताइन्छ।

३. यसरी आफूले लगानी गरेका विशेषज्ञहरुसहित जनसंख्याको करिब २० प्रतिशत नागरिक पश्चिम जर्मनी पुगेपछि पूर्वी जर्मनीको आर्थिक सामाजिक र राजनीतिक अवस्था कमजोर बन्न थाल्यो। यसैलाई रोक्न पूर्वी जर्मनीका शासकहरुले १९६१ मा आवतजावतमा बन्देज लगाए। कुनै पूर्व सूचनाबिना १९६१ अगस्ट १२ र १३ को रात १ बजे पूर्वी शासकहरुले पूर्वी र पश्चिमी बर्लिन सहरको सीमा बन्द गरे। बिहान उठ्दा सहर दुई भागमा विभाजित भइसकेको थियो।

४. सीमामा गरिएको यो बन्देजबाट नै बर्लिनको पर्खाल निर्माण सुरु भयो। पर्खाललाई शीतयुद्धको प्रतीकको रुपमा पनि लिइन्छ।

५. पर्खाल लगाउनुअघि सीमा छुट्याउन त्यहाँ लामो सेतो धर्का कोरिएको थियो। पछि १९६१ मा त्यहाँ तारबार लगाइयो।

६. १९६२ देखि १९६५ सम्म यसलाई अझै बलियो बनाउने काम भयो भने १९६५ देखि १९७५ को बीचमा त्यहाँ पर्खाल लगाइयो। पर्खालको दुवैतर्फ सैनिक पहरेदारी हुन्थ्यो।

७. यो पर्खालको लम्बाई ५५ किलोमिटर र उचाइ ३.५ मिटर थियो।

८. बर्लिन सहर पर्खाल लगाएरै छुट्याएपछि यी सहरबीचको आवतजावतमा कमी आयो। १९६१ देखि १९८९ मा यो पर्खाल नभत्किएसम्म जम्मा ५ हजार जनाले पर्खाल नाघ्ने कोसिस गरे भने २ सय जनाले पर्खाल नाघ्ने निहुँमा ज्यान गुमाए।  यसले सीमा मात्र विभाजन गरेन बरु धेरैका घरपरिवार र आफन्तलाई टाढासमेत बनायो।

९. सन् ८० को दशकमा सोभियत संघको आधिपत्य समाप्त भएलगत्तै पोल्यान्ड र हंगेरी जस्ता पूर्वी देशमा भएको विद्रोह र क्रान्तिको लहर पूर्वी जर्मनीसम्म पुग्यो। फलस्वरुप पूर्वी जर्मनीका नागरिकहरुले आफ्नो समृद्धि र विकासका बाधकको प्रतीकको रुपमा रहेको बर्लिनको पर्खाल ढाललाई मुख्य केन्द्रबिन्दु बनाएर विद्रोह सुरु गरे। धेरै हप्तासम्म चलेको यो विद्रोहपछि नोभेम्बर १९८९ मा त्यहाँका शासक यी दुई सहरबीचको आवतजावतमा लगाइएको बन्देज हटाउन बाध्य भयो।

१०. १९८९ मा यो पर्खाल भत्काउन सुरु गरिएको थियो भने १९९२ मा पूर्ण रुपमा भत्काइयो। यसको एक वर्षपछि पूर्वी र पश्चिमी जर्मनी एक भए। बर्लिनको पर्खाल ढलेसँगै शीतयुद्धको समाप्ति भएको मानिन्छ। 

(विभिन्न अन्तर्राष्ट्रिय समाचार स्रोतको सहयोगमा)

प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  १०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव
नेपाल-पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
सम्बन्धित सामग्री
पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा शुक्रबार भएको छलफलका क्रममा रूसी नेता पुटिनले जेलेन्स्कीको पत्रबारे टिप्पणी गरेका थिए... शनिबार, जेठ २३, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी पार्टीले भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर मन्तरमा भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै विरोध प्रदर्शन गर... शनिबार, जेठ २३, २०८३
पुटिनलाई व्यंग्यात्मक पत्र लेख्दै जेलेन्स्कीले गरे प्रत्यक्ष भेटघाटको आह्वान रुसी राष्ट्रपतिलाई लेखिएको एक खुला पत्रमा जेलेन्स्कीले युरोपमा चलिरहेको युद्ध फेरि अमेरिकाको मुख्य ध्यानको विषय बन्ने प्रतीक्षा मात्... शुक्रबार, जेठ २२, २०८३
ताजा समाचारसबै
पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव शनिबार, जेठ २३, २०८३
नेपाल-पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड शनिबार, जेठ २३, २०८३
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले शनिबार, जेठ २३, २०८३
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन शनिबार, जेठ २३, २०८३
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्