• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

बर्लिनको पर्खाल र नेपाल कनेक्सन

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २४, २०७६  १०:१९
1140x725

काठमाडौं- २०४६ सालको हिउँदमा नेपालमा जनआन्दोलन चर्किनुभन्दा केहीअघि उता युरोपमा साम्यवादी पर्खालहरु ढल्दै थिए। २०४६ कात्तिक २४ मा बर्लिनको पर्खाल ढलेपछि पूर्वी तथा पश्चिम जर्मनी एउटै मुलुक बन्ने दिशामा अघि बढे। टाढाको त्यो घटना धेरै नेपालीलाई चासोको विषय त थिएन नै, त्यसमाथि लगत्तै आफ्नै मुलुकमा भएको राजनीतिक उथलपुथलका कारण त्यसतर्फ खासै वास्ता राख्ने फुर्सद पनि दिएन। तर, इतिहास बनिसकेको दूरदराजको सो घटनाको एउटा पाटोमा नेपाली भूमि र केही नेपालीको संलग्नताको तथ्य फेला परेको छ।

असामान्य चोरी

२०२९ पुस ६ मा नेपालसँग दौत्य सम्बन्ध कायम भई काठमाडौंको डिल्लीबजारस्थित गुरूजुचौरमा स्थापित तत्कालीन पूर्वी जर्मनीको दूतावासमा २०४५ फागुन २० मा एउटा रहस्यमय चोरी भयो। त्यो चिसो रात महामहिम राजदूत लोथर स्ट्रस तत्कालीन परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायको आतिथ्यमा नगरकोटमा ह्वीस्कीको चुस्की लगाउँदै थिए भने चोरीलाई मूर्तरुप दिँदै थिए महामहिमकै निजी सहायक श्यामकृष्ण रुपाखेती। र, सो चोरीमा संलग्न अर्का नेपाली थिए( पूर्व प्रहरी निरीक्षक प्रेमनराज बज्र।

‘त्यो एउटा ग्य्रान्ड डिजाइन नै थियो,’ जिल्ला प्रहरी कार्यालय, काठमाडौंका तत्कालीन डिएसपी रविकान्त अर्याल (जो पछि अतिरिक्त महानिरीक्षकसम्म भए) भन्छन्, ‘उक्त चोरीलाई पूर्वी जर्मनीको अवसानसँग पनि जोडेर हेरिन्छ।’ अर्यालको यो भनाइसँग घटनाका एक अनुसन्धानकर्ता तत्कालीन प्रहरी निरीक्षक वीरबहादुर राना सहमत छन्। भन्छन्, ‘रूपैयाँ(पैसा होइन, दूतावासका महत्वपूर्ण कागजपत्र लैजानु नै चोरीको प्रमुख उद्देश्य देखिन्छ।’ राना त्यस बेला दुई ध्रुवमा विभाजित जर्मनीमध्ये पूर्वी जर्मनीको विरोधी पक्षले सो चोरी गराएको हुन सक्ने बताउँछन्।

घटनाका अर्का अनुसन्धानकर्ता तत्कालीन प्रहरी निरीक्षक प्रबलशमशेर राणा (जो पछि एसएसपीसम्म भए) ले काठमाडौं जिल्ला अदालतमा सरकारी मुद्दा सम्बन्धी ऐन २०१७ को दफा ३ (४) अन्तर्गत दाखिला गरेको प्रतिवेदन अनुसार, रुपाखेती र बज्रले अरु तीन(चार जनालाई साथमा लिई चोरी गरेका थिए। उनीहरुले दूतावास र राजदूतको निवासको ढोकाको ताला फोडी कागजपत्रसहितको ठूलो सेफ र नगद तथा गरगहना आफैंले लिएर आएको भ्यानमा हालेर लगेका थिए। घटनास्थलमा अन्य दुई सेफ फोडिएको अवस्थामा थिए भने त्यसभित्रका सबै कागजपत्र गायब थिए, जुन प्रहरीले कतै फेला पार्न सकेन। राणाका अनुसार, चोरी रातको आठ बजेतिर भएको थियो र त्यस बेला विद्युत् आपूर्ति अप्रत्याशित रुपमा बन्द थियो। प्रहरीले घटनास्थलबाट रमको खाली बोतल र तीन वटा गिलाससमेत फेला पारेको थियो, जसबाट चोरहरुले निर्धक्क भई चोरी गरेको सहजै अनुमान गर्न सकिन्छ।

जानकार स्रोतका अनुसार, नेपालस्थित पूर्वी जर्मनी दूतावास शीतयुद्धको केन्द्र बनेको बर्लिन राजनीतिका दृष्टिले महत्वपूर्ण थियो। अमेरिका र तत्कालीन सोभियत सङ्घबीचको शीतयुद्धमा कुनै पक्षतिर पनि नलागेको, सानो राष्ट्र नेपालमा हतपती कसैको ध्यान नजाने भएकाले यो ठाउँलाई पूर्वी जर्मनीका एजेन्टहरुले महत्वपूर्ण अखडाका रुपमा प्रयोग गर्ने गरेको भनाइ सुरक्षा अधिकारीहरुको छ। यसमा तत्कालीन सोभियत सङ्घ पनि जोडिएको आशङ्का गरिन्छ।

पूर्वी जर्मनी दूतावासले चोरिएका सामानहरुको विवरण नखुलाए पनि अनुसन्धानमा संलग्न अधिकारीहरु त्यसमा सो मुलुकका एजेन्टहरु तथा प्रतिजासुसी सम्बन्धी विवरण समेटिएको कागजात हुन सक्ने बताउँछन्। ‘जासुसीका हिसाबले एउटै एजेन्ट पत्ता लगाउनु पनि ठूलो कुरा हुन्छ,’ प्रतिजासुसी (काउन्टर इन्टेलिजेन्स) मा भारतबाट तीनवर्षे तालिम लिएका राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन एसएसपी मदनसिंह शाह भन्छन्, ‘पूर्वी जर्मनीका एजेन्ट र योजना पत्ता लगाउन नै चोरी गरिएको हुनुपर्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

पूर्वी जर्मनीले शीतयुद्धको उत्तरार्द्धका बेला २०४५ सालदेखि नेपालस्थित दूतावासमा आवासीय राजदूत नै राख्न थाल्नु अर्थपूर्ण थियो। ‘गुप्तचरीका लागि आइसोलेटेड ठाउँहरुलाई बढी उपयुक्त मानिन्छ,’ शाहको अनुभव छ, ‘जहाँ हतपती कसैको ध्यान पुग्दैन।’ लोथर स्ट्रस नयाँ राजदूतका रुपमा आएपछि नेपालमा पूर्वी जर्मनीको गतिविधि बढेर गएको जानकारहरु बताउँछन्, जुन विश्वभरिबाटै कम्युनिस्टहरुको उन्मूलन चाहने अमेरिकी जासुसी संस्था सीआइएका लागि सह्य थिएन।

परराष्ट्र मन्त्रालयद्वारा सन् १९९० मा प्रकाशित डिप्लोम्याटिक लिस्ट अनुसार राजदूत स्ट्रस २०४५ जेठ ७ देखि नेपालमा खटिएका थिए। उनी आएपछि नै दूतावास भवन त्रिपुरेश्वरबाट डिल्लीबजारको गुरूजुचौरस्थित शशिराजा पाण्डेको घरमा सरेको थियो। ‘मिसन क्लोज्ड अन लास्ट विक अफ मार्च,’ मन्त्रालयको शिष्टाचार शाखामा रहेको किताबको पूर्वी जर्मनी दूतावासको विवरण भएको पानामा रातो मसीले लेखिएको यो वाक्यांश अनुसार चोरी भएको दुई सातापछि नै दूतावास नेपालबाट उठेको थियो। सामान्य चोरी हुँदैमा दूतावास नै किन उठेर जानुपर्यो, जबकि २०४६ कात्तिक २४ मा मात्र बर्लिनको पर्खाल भत्काउन थालिएको थियो? र, त्यसको करीब एक वर्षपछि मात्र दुई जर्मनीबीच विधिवत् एकीकरण भएको थियो। ‘पक्कै पनि सो चोरीले पूर्वी जर्मनीको मिसनमा ठूलो धक्का दिएको हुनुपर्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्।

कसले गरायो चोरी?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस बखत पूर्वी जर्मनी सोभियत सङ्घको पक्षधर थियो भने पश्चिम जर्मनी अमेरिकाको। सीआइएको आधिकारिक वेबसाइट सीआइए डट गभमा राखिएको सामग्रीमा पूर्वी जर्मनीको कम्युनिस्ट सरकार र बर्लिनको पर्खाल ढाल्न सीआइएले खेलेको भूमिका बहादुरीका साथ उल्लेख छ। तत्कालीन परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायले नेपालस्थित पूर्वी जर्मनी दूतावासको चोरी पनि सीआईएले नै गराएको हुन सक्ने बताएका थिए।  ‘गुप्तचर संस्थाहरुले विश्वमा कत्राकत्रा खेल खेलेका छन्। यिनको कुनै भर छैन। त्यसमाथि सीआइए। नेपाल जस्तो सानो मुलुकमा उसले खेल्नु त सामान्य कुरा हो।’ उपाध्यायको भनाइ थियो। उनले ती दुई नेपाली मात्र होइन, स्वयम् महामहिम राजदूतलाई नै सीआइएले ‘म्यानुपुलेट’ गरेको आशङ्का गरेका थिए। चोरीको त्यस रात उपाध्यायले नगरकोटमा आयोजना गरेको पिकनिकमा त्यस बेला नेपालस्थित धेरैजसो राजदूत उपस्थित थिए। नगरकोटमै रात बिताउने कार्यक्रम थियो, तर पूर्वी जर्मनीका महामहिम १० बजेतिर ‘हामीलाई हतार छ’ भन्दै श्रीमतीसहित निस्केका थिए। ‘उनी बढी नै हतारिएका देखिन्थे,’ उपाध्यायले भनेका थिए, ‘न सीआइएले हामी चोरी सक्छौं अनि तिमी आउनू भनेको थियो कि !’

चोरिएका कागजातहरुका बारेमा महामहिमले प्रस्ट जानकारी नगराउनुलाई पनि उपाध्यायले शङ्कास्पद मानेका थिए। महामहिमले २०४५ फागुन २१ मा परराष्ट्र मन्त्रालयलाई दिएको जानकारी अनुसार, दूतावासबाट ११ लाख १३ हजार ३४ रूपैयाँका साथै ४ लाख ३१ हजार ४ सय ४० अमेरिकी डलर, केही गहना तथा कागजपत्र सहितको ठूलो सेफ चोरी भएको थियो। ‘महत्वपूर्ण भनिएका कागजपत्रहरुका बारेमा भने राजदूतले केही खुलाउन चाहेनन्,’ तत्कालीन प्रहरी निरीक्षक वीरबहादुर राना भन्छन्। चोरी भएका सामान अभियुक्त र तिनका आफन्त कसैकहाँ फेला नपर्नु, दूतावासले खुलेर जानकारी गराउन नचाहनु र मुख्य अभियुक्तहरु त्यसै रात विदेश भाग्नु जस्ता कारणले प्रहरीले चोरीमा अन्य शक्तिकेन्द्रको खेलबारे प्रतिवेदनमा किटानीसाथ उल्लेख गर्न नसकेको राना स्वीकार गर्छन्।

प्रहरीले उक्त चोरीमा पाएको सफलता भनेको दूतावासमा बगैंचे र गार्डका रुपमा कार्यरत मचाकाजी महर्जनलाई एक सहयोगीका रुपमा पक्रेर जेल चलान गर्नुमै सीमित रह्यो। महर्जनले २०४६ असार २२ मा तत्कालीन डिएसपी अर्याल र अञ्चल सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता बाबुराजा कार्कीसमक्ष गरेको बयानमा कसुर स्वीकार गरेका छन्। यो पङ्क्तिकारसँग सुरक्षित उनको बयान अनुसार, त्यस दिन अपराह्न तीनदेखि राति ११ बजेसम्म उनको ड्युटी थियो। तर, महामहिमका निजी सहायक श्यामकृष्ण रुपाखेतीले उनलाई ‘तिमी जाऊ, जरुरी फोन आउँछ, राजदूत नआउँदासम्म म बस्छु’ भनेर पाँच बजेतिर घर फर्काइदिए। फर्कंदै गर्दा बाटोमा भेटिएका बज्रले उनलाई आफूले लिएर आएको मारूती भ्यानमा राखी चाबहिल पुर्याएर बियर खुवाए। त्यसै बेला बज्रको कालो रङ्गको यन्त्रमा ‘टीटीटी...’ आवाज आयो। उनले बाहिर गई त्यसबाट कसैसँग कुरा गरे।

त्यसपछि सँगै फर्की आउँदा दूतावासको ताला फोडिएको र लथालिङ्ग अवस्था देखेका महर्जनलाई बज्रले १,००० रूपैयाँ दरका नोटको एउटा बिटो थमाए। ‘चोरी गरेको कुरा कसैलाई नभन्नू’ भन्दै बज्र र रुपाखेती गाडीमा सामान राखी टाप कसे। प्रहरीले महर्जनको घर खानतलाशी गर्दा १,००० रूपैयाँका ९६ वटा नोट बरामद गरेको थियो। त्यसै आधारमा प्रहरीले महर्जनमाथि मुद्दा चलायो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद घिमिरेले २०४७ मङ्सिर २३ मा फैसला सुनाएको डेढ महिना कैद र १ लाख ५० हजार जरिवाना सजाय भुक्तान गरी महर्जन रिहा भइसकेका छन्। महर्जनले बयानका क्रममा बताए अनुसार प्रहरीको नक्कली परिचयपत्र बोकेर हिँड्ने बज्रले ‘यी कम्युनिस्टहरु फटाहा हुन्छन् भनेर रेखदेख गर्न मलाई सरकारले खटाएको हो’ भन्दै झन्डै छ महिनादेखि दूतावासको निगरानी गरिरहेका थिए।

अमेरिकी आतिथ्य

प्रहरी प्रतिवेदनका अनुसार, मुख्य अभियुक्तहरु रुपाखेती र बज्र घटना भएकै रात ब्याङ्कक हुँदै अमेरिकातर्फ गएका थिए। प्रतिवेदनसँगै संलग्न हङकङको ड्रागन एयरले २०४५ चैत १ गते उपलब्ध गराएको ‘प्यासेन्जर मेनिफेस्टो’ अनुसार प्रेमनराज बज्र चोरीलगत्तै सो एयरको उडान नम्बर केए ५०० बाट २०४५ फागुन २० गते राति उडेका थिए। अर्का अभियुक्त रुपाखेतीले चाहिँ श्रीमती रुपा र छोरीसहित शानेवानिको आरए ४०१ बाट सोही रात ९स्४० मा उडान भरेका थिए।

रुपाखेती परिवारको टिकट नेपालस्थित अमेरिकी दूतावासले ‘बुकिङ’ गराएको एक वरिष्ठ प्रहरी अधिकारी दाबी गर्छन्। ‘हामीले त्यसबारे बुझ्न खोजेका थियौं तर दूतावासले सहयोग गरेन,’ ती अधिकारीले भने, ‘त्यस बेला डीभी चिट्ठाको प्रावधान पनि थिएन। अभियुक्तहरु अमेरिका जाने हैसियतका पनि होइनन्। अनि, कसरी गए त?’

प्रतिवेदनमा रुपाखेती परिवारलाई ब्याङ्ककमा ‘रिसिभ’ गर्न एक युवती आएकोसमेत अनुसन्धानका क्रममा खुलेको विषय समेटिएको छ। उनीहरु सबै त्यहाँबाट अमेरिकाको वासिङ्टन डीसीका लागि उडेको प्रहरी प्रतिवेदनमै उल्लेख छ। प्रहरी थप अनुसन्धानका लागि ब्याङ्कक जान लागेको थियो, तर प्राविधिक कारणले सकेन।

फरार अभियुक्तद्वय फर्केको जानकारी प्रहरीलाई नभएको तत्कालीन एआइजीपी अर्याल बताउँछन्। चोरीको केहीपछि परराष्ट्रमन्त्रीका हैसियतले अमेरिका भ्रमणमा जाँदा रुपाखेती आफूलाई भेट्न आएको उपाध्यायले बताएका थिए। त्यस क्रममा रुपाखेतीले आफू सीआइएका कारण निर्वा्सित हुनुपरेको दुखेसो गरेका थिए उपाध्यायसँग। एआइजी अर्याल वर्षहरु बित्दैमा अभियुक्तहरुले दण्डबाट उन्मुक्ति पाएको ठान्न नहुने बताउँछन्। ‘चार्ल्स शोभराज २० वर्षपछि कसरी समातियो?’ उदाहरण दिँदै अर्याल दाबी गर्छन्, ‘उनीहरु पनि एक दिन अवश्य प्रहरीको फेला पर्छन्। त्यस बेला सबै कुरा छर्लङ्ग हुनेछ।’

बर्लिनको राजनीति र सीआइएको खेल

१९६१ अगस्त १३ आइतबार बिहानै दुई बर्लिनबीचको रेलवे सेवा अवरूद्ध पारियो। पूर्वी जर्मनीले ट्याङ्कहरुको ताँती लगाएर पूर्वी र पश्चिम बर्लिनबीच ढुङ्गाको गारो लगाउन थाल्यो। दिन बित्दै जाँदा नामुद बर्लिन पर्खाल ठडिँदै गयो। यसरी दुई ध्रुवमा बाँडिएका जर्मनीहरुबीच बर्लिनमा तगारो बनेर ठडियो त्यो विशाल पर्खाल।

१९३९(४५ सम्म चलेको दोस्रो विश्वयुद्धपछि सोभियत सङ्घको ‘रेड आर्मी’ को कब्जामा रहेको जर्मन भूभागमा सोही सैन्य दस्ताको बलमा वाल्टर अली ब्रख्तले पूर्वी जर्मनीको नाममा शासन सञ्चालन गर्न थाले। अली ब्रख्त तिनै हुन्, जसले सोभियत सङ्घका नेता जोसेफ स्टालिनको प्रोत्साहन र सहयोगमा जर्मनीमा सोसलिस्ट युनिटी पार्टी खोलेका थिए। १९४८ मार्चमा लन्डनमा भएको अमेरिका, फ्रान्स र बेलायतसहितको बैठकमा सोभियत सङ्घ विश्वका ती अन्य शक्तिशाली मुलुकलाई पूर्वी जर्मनीको अलग्गै अस्तित्व स्वीकार गराउन सफल भयो। र, विश्वमानचित्रमा १९४९ अक्टोबर ७ का दिन ‘जर्मन प्रजातान्त्रिक गणराज्य’ का नामबाट पूर्वी जर्मनीको अभ्युदय भयो।

तर, यो देश समस्यामुक्त रहेन। गिर्दो आर्थिक अवस्था र पश्चिमको बढ्दो भौतिक विकाससँगै १९६१ मा हजारौं पूर्वी जर्मनहरु पश्चिम जर्मनीतर्फ हान्निन थाले। अनि अली ब्रख्तले सोभियत नेता निकिता ख्रुस्चेभलाई पर्खाल बनाउन जरुरी भएको कुरामा मनाए। अनि बन्यो १०७ किलोमिटर लामो बर्लिन पर्खाल।


कट्टर कम्युनिस्टविरोधी अमेरिकी राष्ट्रपति रोनाल्ड रिगनले १९८७ मा सोभियत सङ्घलाई खुलेरै चेतावनी दिए, ‘मिस्टर गोर्वाचोभ, भत्काइदेऊ यो पर्खाल।’ पर्खालपारि मौलाउँदै गएको साम्यवादविरूद्ध अमेरिका, बेलायत जस्ता पश्चिमा मुलुकहरुको गठबन्धन मजबूत बन्दै गयो, जसका लागि सीआईएले महत्वपूर्ण भूमिका खेल्यो।

बर्लिन पर्खाललाई पूर्वी युरोपका हङ्गेरी, बुल्गेरिया, रोमानिया, पोल्यान्ड, चेकस्लोभाकिया, युगोस्लाभिया लगायतका साम्यवादी मुलुकको स्तम्भ नै मानिन्थ्यो। १९८० को अन्त्यतिर आइपुग्दा तत्कालीन सोभियत सङ्घका ‘स्याटेलाइट’ भनिने यी साम्यवादी मुलुकहरुमा प्रजातन्त्रको अभ्युदय हुन थाल्यो।

‘पर्खाल अझै सदियौंसम्म रहिरहनेछ, झिँगाले सराप्दैमा डिँगा मर्दैन,’ गोर्वाचोभ प्रमुख अतिथि रहेको पूर्वी जर्मनीको ४० औं स्थापना दिवस समारोहमा १९८९ अक्टोबर ७ मा होनेकरले गरेको यो दाबी एक महिना नबित्दै फिका साबित भयो। र, कार्ल मार्क्सको सिद्धान्त पछ्याउने कम्युनिस्ट जर्मनीमा मार्क्सकै एउटा चर्चित भनाइ लागू भयो, ‘हाम्रो वरिपरिका सबै सुन्दर वस्तुको एक दिन नाश हुनेछ।’ १९८९ नोभेम्बर ९ देखि अमेरिकी सैन्य दस्ताको अग्रसरतामा पर्खाल भत्काउने कार्य शुरु भयो, जबकि त्यति बेलासम्म पनि सोभियत सङ्घका ४ लाख सैनिकहरु पूर्वी जर्मनीमा तैनाथ थिए।

अन्ततः शक्ति आर्जिंदै गएको अमेरिकाका अगाडि कमजोर हुँदै गएको सोभियत सङ्घको केही जोर चलेन। १९९० जुलाई १ मा पूर्वी र पश्चिम जर्मनीबीच आर्थिक, मौद्रिक र सामाजिक संयोजन सम्पन्न भयो। त्यस बखत कुनै समय सीआइएका प्रमुखसमेत रहेका अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुस प्रथमले सक्रिय भूमिका खेले। शीतयुद्धको त्यो कालखण्डमा पूर्वी जर्मनीका ‘एजेन्ट’ र प्रतिजासुसीको जालो तोड्न नेपाल जस्तो देश पनि सीआइएबाट प्रयोग भयो।

(२०६५ मा प्रकाशित सरोजराज अधिकारीको पुस्तक ’जासुसीको जालो’ बाट)

प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  १०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्