डडेल्धुरा- चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी नम्बर प्लेटका सवारी साधन बन्द गरिने भएको छ। बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल समेत बन्द गरिने नागरिक समाजले जनाएको छ। आइतबार नै मसाल जुलुससमेत आयोजना गरिएको नागरिक समाजका सदस्य राजेन्द्र पनेरुले बताए।
डडेल्धुरामा पछिल्लो समय अनसनरत डा केसीको समर्थन तथा जीवन रक्षाका लागि दिनदिनै समर्थनका विभिन्न कार्यक्रमहरू भइरहेका छन्। तर सरकारले डा केसीको अनसनप्रति चासो देखाएको छैन।
अस्पतालमा अनसन नबस्ने अडान राखेका केसीलाई नागरिक समाज डडेल्धुराको दबाबपछि डडेल्धुरा अस्पतालमा भर्ना गरिएको छ। यसअघि उनी एक क्लिनिक रकेको घरमा अनसनमा बसेका थिए।
डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। डा केसीको पिसाबमा क्रियटिनिन बढेको र चिनीको मात्रा घटेको छ। शरिरमा पानीको मात्रा घटेको र कमजोर बन्दै गएको अस्पतालका मेसु डा जितेन्द्र कँडेलले बताए। उनको अवस्था थप कमजोर भए डडेल्धुरा अस्पतालबाट रेफर गनु पर्ने अवस्था आउने डा कँडेलले बताएका छन्। डडेल्धुरा अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।