काठमाडौं– चौथो एनएसटी–एनभिए महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा एपिएफ र नेपाल आर्मीले दोहोरो जित निकालेका छन्। आइतबार भएको उद्घाटन खेलमा एपिएफको महिला टिमले नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हराउदा पुरुष टिमले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्यो।
एपिएफको महिला टिमले पुलिसलाई २५–१६,२७–२५ र २५–१४ को सेटमा हराएको थियो । एपिएफकै पुरुष टिमले बुढानिलकण्ठ भलिबल क्लबलाई २५–५,२५–१५,२१–२५ र २५–२० को सेटमा हरायो।
नेपाल आर्मीको पुरुष टिमले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–१५,२५–१३ र २५–१३ को सोझो सेटमा हराउदै समूह विजेताको रुपमा क्वाटरफाइनलमा स्थान बनायो। पुरुष टाईसिटको समिकरण अनुसार समूह डीमा दुई टिम मात्र भएकाले ढोरपाटन स्पोर्टस् क्लबले पनि अन्तिम आठमा स्थान बनाएको छ।
आर्मीको महिला टिमले पनि ढोरपाटनलाई २५–२०,२५–७ र २५–६ को सोझो सेटमा हराउदै बिजयी सुरुवात गरेको छ।
प्रतियोगिताका विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेश्रो हुनेले ६० हजार नगद प्राप्त गर्ने छन्। त्यस्तै प्रतियोगिताको दुवै समूहका उत्कृष्ट खेलाडीले नगद १५ हजार र बिद्यागत उत्कृष्टले जनहि ५ हजार नगद प्राप्त गर्नेछन् । लिगकम नकाउटका आधारमा संचालन भएको प्रतियोगितामा महिलातर्फ ७ टिम तथा पुरुषतर्फ ११ टिमको सहभागिता रहेको छ । फागुन १९ सम्म संचालन हुने प्रतियोगिताको महिला टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने पुरुष टिमलाई चार समूहमा बिभाजित गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।