म्याड्रिड– स्पेनिस ला लिगाको साविक विजेता रियल म्याड्रिडले शनिबार राति भएको खेलमा एलाभेसलाई ४–० गोलले पराजित गरेको छ। रियलको जितमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले २ गोल गर्दा गारेथ बेल र करिम बेन्जिमाले १–१ गोल गरे।
रोनाल्डोले ४४ मिनेटमा गोल गरेर रियललाई अग्रता दिलाए। दोस्रो हाफको पहिलो मिनेटममै बेलले रियलको अग्रता दोब्बर पारेका थिए। ६१ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे।
खेल सकिन एक मिनेट बाँकी छदा रियलले पेनाल्टी पायो। रियलको सबै पेनाल्टी रोनाल्डोले हान्ने हुँदा एलाभेस विरुद्ध पनि रोनाल्डोले पेनाल्टी प्रहार गर्ने अनुमान गरिएको थियो। अर्को तर्फ २ गोल गरेका रोनाल्डो ह्याट्रिक नजिक थिए। तर रोनाल्डोले ह्याट्रिकको लोभ गरेनन्। उनले आफु पेनाल्टी नहानी सहकर्मी बेन्जिमालाई पेनाल्टी प्रहार गर्न थिए। बेन्जिमाले गोल गरेपछि रियलले ४–० गोलको सानदार जित हात पार्यो।।
खेलपछि रियलका प्रशिक्षक जिनेदिन जिदानले रोनाल्डोले देखाएको खेल भावनाको प्रशंसा गरे। 'रोनाल्डोको खेल भवनाप्रति एकदमै खुसी छु, उनले फुटबल टिम गेम भएको पुष्टि गरे,' उनले भने।
रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १४ अंकले पछि छ। बार्सिलोनाले २५ खेलबाट ६५ अंक बटुलेको छ। एक खेल कम खेलेको दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ५५ अंक छ। २५ खेल खेलेको साविक विजेता रियल ५१ अंक जोडेर तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।