कैलाली- प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। आइतबार फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा पूर्वाञ्चलमाथि ७ विकेटको जित निकाल्दै एपिएफ राष्ट्रिय महिला क्रिकेट च्याम्पियन बनेको हो।
उपाधिसँगै एपिएफले पाँच लाख नगद प्राप्त गरेको छ । उपविजेता पूर्वाञ्चलले भने दुई लाखमै चित्त बुझाएको छ ।
टस हारेर व्याटिङको निम्तो पाएको पूर्वाञ्चलले ० ओभरमा पाँच विकेट गुमाउँदै पुर्वाञ्चलले ६० रन मात्रै बनाउन सक्यो । पूर्वाञ्चलका लागि काजोल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाउन बाहेक अन्यले दोहोरो अंक पनि छुन सकेनन्। एपिएफका बलरहरुले कसीलो बलीङ गर्दै पूर्वाञ्चलका व्याटिङलाई धरासायी पारे। एपिएफका लागी रेखा रावल, करुणा भण्डारी, रितु कनौजीया, अञ्जली चन्द र सिता रानामगरले समान १-१ विकेट लिए।
६१ रनको झिनो लक्ष्यका साथ मैदान उत्रिएको एपीएफले १६.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य भेट्टयो। एपिएफका लागी ज्योती पाण्डेयले २२ र सरिता मगरले अविजीत रहदै १५ रन बनाए। पूर्वाञ्चलकी शान्ती चौधरी र संगिता राईले समान १-१ विकेट लिईन् । प्लेयर अफ द फाईनल एपlएफकी ज्योती पाण्डेय भईन् ।
जितपछि प्रतिक्रीया दिँदै एपीएफकी कप्तान बिनु बुढामगरले खेलाडीहरुको अलराउण्ड प्रदर्शनले उपाधिजितेको बताईन् । उनले महिला क्रिकेटको उत्थानका लागी सबै क्षेत्र सक्रिय बन्नुपर्ने बताईन्। यस्तै प्रतियोगीताको वुमन अफ द सिरिज हुदै पुर्वाञ्चलकी कप्तान रुवीना क्षेत्रीले १० हजार नगद सहित ट्रफी प्राप्त गरिन् ।प्रतियोगितामा उत्कृष्ट बलर पनि क्षेत्री नै भएकी छिन् भने उत्कृष्ट व्याट्सवुमन पनि प्रतियोगीताभरी १ सय ६ रन बनाउदै पुर्वाञ्चलकै काजोल श्रेष्ठ भइन। उदयमान खेलाडी सुदुरपश्चिमकी लक्ष्मी साउद भईन् । फेयर प्ले टिमको पुरुष्कार सुदुरपश्चिमको टिमले पाएको छ । उत्कृष्ट सबै खेलाडीलाई समान ५–५ हजार सहित पुरस्कार पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।