• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

मोफसलको साहित्य बेवास्ता गर्दा मिडिया कमजोर हुन्छ : सुवास खनाल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २३, २०७६  १३:५५
1140x725

कवि सुवास खनाल पेसाले शिक्षक हुन्। करिब डेढ दशकयता हेटौंडामै बसेर साहित्यमा साधानारत छन् उनी। कवि बन्न काठमाडौं आउने होडबाजी भइरहेको समयमा सुवास भने गृहजिल्लामै बसेर लेखनमा सक्रिय रहे। मकवानपुरका विभिन्न साहित्यिक ‘एक्टिभिज्म’मा सुवासको पनि भूमिका रहने गर्छ।  ‘विचारको उल्टो नदी’ कवितासंग्रह प्रकाशित गरेका कवि सुवासको ‘कलेज एक यातना शिविर’ धेरैले रुचाइएको कविता मध्येमा पर्छ। कवि सुवास खनालसँग नेपाल लाइभका समर्पण श्रीले कुराकानी गरेका छन्ः

कवि बन्नका लागि काठमाडौं नै धाउनुपर्छ भन्ने कतिपयको धारणा छ। यो एउटा ‘ट्रेन’नै छ जस्तो पनि लाग्छ। तपाईंलाई चाहिँ राजधानी मोहले तान्यो कि तानेन?
सुरु सुरुमा मलाई पनि काठमाडौं आऊँ जस्तो लाग्थ्यो। राष्ट्रिय पत्रपत्रिका हेर्दा काठमाडौं मोह जाग्थ्यो।  किनकि, ठूलो मिडियामा आफ्नो रचना छापिए देशभरि जान्छ र म पनि पढिन्छु भन्ने हुन्थ्यो। त्यो खालको मोह एक समयमा थियो।

तर, पछिल्लो समय लाग्न थाल्यो कि हामी केन्द्रमा गएर सम्बन्ध राख्ने भन्दा पनि आफ्नै भूगोलमा केही कामहरू गरेर चिनाउनुपर्छ। हामीले यहीँ बसेर हाम्रा कविता/आवाज परावर्तन गराउँदै गर्दा केन्द्रले सुनेर त्यो अनुसारको क्याप्चरिङ भयो भने त्यो बढी बलशाली हुन्छ भन्ने लाग्न थाल्यो।

शक्ति आफूमा सिर्जना गर्ने हो। अरुमा भएको शक्तिको पूजा गरेर हामीले शक्ति प्राप्त गर्ने होइन भन्ने अहिले अनुभूत हुन्छ।

काठमाडौं बाहिर बसेर नै कतिपय कवि/लेखकहरू स्थापित छन्। स्थापित हुन केन्द्रनै आवश्यक रहेनछ भनेर पछिल्ला समय ‘मोफसल’मा नै त्यस्ता एक्टिभिजमहरू केन्द्रित छन्। हेटौंडाको सबालमा के–कस्ता ‘एक्टिभिजम’ भइरहेको छ?
हेटौंडामा पहिला पहिला गरिने कार्यक्रमहरू पुराना शैलीका थिए। पछिल्लो समय हामीले कार्यक्रमलाई फरक ढंगले सञ्चालन गर्यौं। कुनै व्यक्ति केन्द्रित कार्यक्रम गर्दैछौं भने उही व्यक्तिकै कविता वा रचनामाथि केन्द्रित हुनुपर्छ भन्ने हाम्रो पुस्तालाई लाग्यो। अहिले अन्तर्क्रियात्मक र विश्लेषणात्मक कार्यक्रमहरू बढी हुन थालेका छन्। कतिपय सन्दर्भमा म आफैं पनि ती कार्यक्रमहरूको संयोजन गर्ने गर्छु। त्यसैले अहिले हामीलाई अन्तर्यहरू पहिचान गर्न स्वभाविक र सहज हुँदै गइरहेको हो कि जस्तो लाग्छ।

मकवानपुरमा बसेर काठमाडौं नियाल्दा के लाग्छ– मेन स्ट्रिमका मिडियाहरूमा प्रकाशित हुने साहित्यिक लेख तथा रचनाहरूमा भौगोलिक समावेशिता पाउनुहुन्छ?
यो त पाएको छैन। मिडियामा एक किसिमको सिण्डिकेट छ जस्तो लाग्छ। निश्चित पात्रहरू उभ्याएर हामीले भूगोल समेटेका छौं भन्ने गरिएको छ। तर, स्वरहरू एकै किसिमको मात्र पुनरावृत गरिरहेको छ।

पछिल्लो समय मिडियाको साहित्यमा पनि त्यही किसिमको ‘एक्टिभिजम’ छ। तर, के भन्दा मिडियाले जुन खालको हस्ताक्षर चिन्नुपर्ने, साहित्यको पनि बहुआयामिक पक्ष जस्तै देशभरिका सांस्कृतिक विविधताका कुराहरू छन्। त्यसलाई समेट्न नसक्दा मिडिया नै कमजोर हुँदै जाने जस्तो समस्या आउने जस्तो देख्छु म। लेखकहरू त प्रयत्न गरिरहुनु भएको छ।

एउटा उदाहरण, नोबल प्राइजले पनि कतिपय साइन्टिस्ट तथा लेखकहरूलाई अवार्ड गर्न नसक्दा आजसम्म पनि नोबल प्राइजको दुर्भाग्य भनिन्छ। केही समयअघि बित्नुभयो स्टेफन हकिङ्स। उहाँ त ठूलो साइटिस्ट। ब्ल्याक होलमाथि उहाँको काम ठूलो मानियो।

Ncell 2
Ncell 2
nimb
nimb

तर, उहाँलाई नोबल प्राइज अवार्ड भएन नि त। नोबल प्राइजको लागि भोलिसम्म पनि हकिङ्सलाई अवार्ड नगरेकोे दुर्भाग्य चाहिँ बाँचिरहन्छ। मिडियामा पनि त्यस्तो नहोस् भन्ने हो।

निश्चित खालका विचारमात्र सम्प्रेषण गरिरहँदा त्यसले देश तथा समग्र भूगोलले अपनत्व गर्नेगरी साहित्यिक कुरा आउँदैनन्।

राजधानीमा बसेर कविता लेख्ने र ‘मोफसल’मै बसेर साधना गरिरहने बीच के फरक पाउनुहुन्छ?
प्रकाशनको हिसाबले केन्द्रमै बसेर लेख्नेले बढी अवसर पाएका त छन् नै। तर, त्यो चिरिँदै पनि गएको छ। मोफसलमा बसेर साहित्य साधना गर्ने लेखकहरूको संगत र भेटघाट त्यहीँको परिधिमा सीमित हुन्छ। काठमाडौंमा सबैसँग भेट हुन्छ। केन्द्रमै रहने मानिसहरूसँग उठबस हुन्छ। र उनीहरूले बोलेको कुरा सजिलै सबैतिर जान्छ। मोफसलमा बोल्दा त्यो त्यहीँ लोकलमा मात्र सीमित हुन्छ। यद्यपि, प्रविधिको विकाससँगै यी कुराहरू चिरिँदै गएका छन्।

हामी बौद्धिक वर्गहरू भन्छौं। ती वर्ग काठमाडौंमा मात्र छन् भन्ने धेरैको मानसिकता छ। विभिन्न साहित्यिक सम्मेलन तथा समारोहमा पनि काठमाडौंका  उही र एउटै अनुहार रिपिटेसन भइरहेको हुन्छ। के बौद्धिक वर्गहरू सबै काठमाडौंमा मात्र छन् त? केन्द्रभन्दा बाहिर पहिचान गर्न नसकिएको हो?
जब कुनै ठाउँमा संरचना बलियो बन्दै जान्छ नि, त्यसमा इन्डेक्सहरू बलियो हुँदै जान्छन् ,त्यसप्रति स्वभाविक आकर्षण हुन्छ। म आफैं अवसरहरू खोज्छु भने मेरो लागि अनुकूल ठाउँ खोज्छु नि। त्यो हिसाबले थुप्रै बाहिरका व्यक्तित्वहरू अवसरकै खोजीमा काठमाडौं पुगेका हुन्। त्यहाँनिर बस्ने  संख्यात्मक रुपले बौद्धिक बढी छन्। किनकि, क्षेत्रफल र सुविधाको हिसाबले त्यहाँ उपयुक्त पनि छ। सबै चिज बलियो बनेर बसेको छ। त्यहाँ प्रायः व्यक्ति अवसरको हिसाबले जानुहुन्छ। त्यसकारण संख्यात्मक रुपमा बढी देखिने हो। संख्यामा कम भए पनि बाहिर त्यस्ता व्यक्तिहरू हुनुहुन्न भन्ने होइन। हुनुहुन्छ।

खासमा केन्द्रीयताको मान्यता भंग भइसकेको छैन। मानसिक रुपमा केन्द्र भन्ने कुरा भंग नभइसकेको अवस्था हो। पछिल्लो समय प्रदेश बन्यो। राज्यले भने भएको एकेडेमीलाई पनि एउटै बनाउनुपर्छ भन्ने कुरा ल्यायो। फरक क्षेत्रमा काम गरेका व्यक्तित्वहरू समेटेर प्रदेशमै एकेडेमी खोज्नुपर्ने अवस्था हो नि अब त।

अनि बल्ल पो यहाँका बौद्धिक वा अन्वेषक को छन्, ती कुराहरू प्रस्ट हुन्छ। बौद्धिक बनेर चिनिनका लागि मान्छे काठमाडौं गइरहनु पर्दैन। जसको तपाईं बौद्धिक भनेर नाम लिइराख्नुभएको छ नि , स्मरण होस् कि त्यसमा धेरैजसो बाहिरबाटै काठमाडौं अवसर खोज्दै आएकाहरु हुनुहुन्छ।

राजधानीबाहिर बसेर साहित्य साधनामा लाग्ने थुप्रै व्यक्तित्वहरू छन्। धेरै स्थापित पनि छन्। तर, अधिकांश लेखक पुस्तक प्रकाशन गर्न भने राजधानी केन्द्रित हुन्छन्। यसरी पुस्तक प्रकाशनको लागि काठमाडौं आउनु चाहिँ काठमाडौं मोह होइन र?
काठमाडौं मोह भन्ने भन्दा पनि पुस्तक निस्किसकेपछि देशभरि पुगोस् भन्ने हाम्रो अपेक्षा हुन्छ। मैले हेटौंडामा बसेर प्रकाशन गरेँ भने मेरो किताबको नेटवर्किङ देशभरि नभइदिँदा मैले गर्न खोजेको सम्प्रषेण देशभरि जाँदैन।

दोहोरो प्रयोगको रणनीति पनि हो। एक त केन्द्रको प्रकाशन गृहको लालचाले हो भने अर्को चाहिँ लेखकहरू पनि आफ्नो पुस्तकलाई देशभर फैलाउन चाहन्छन्। त्यो जहाँबाट सम्भव छ त्यहीँ जाने त हो नि। काठमाडौं मोहकै कारणले भइरहेको जस्तो चाहिँ मलाई लाग्दैन।

हेटौंडाको सन्दर्भमा साहित्यिक प्रकाशन गृहहरू व्यावसायिक बन्दै गइरहेका छन् त?
प्रकाशन गृह व्यावसायिक चाहिँ अझै बन्न सकिरहेको छैन। काठमाडौंका प्रकाशन गृहहरूको देशभरि नेटवर्क छ। तर, त्यो नेटवर्क राष्ट्रिय रुपमा यहाँका प्रकाशन गृहहरूले बनाउन सकिरहेका छैनन्। हामीले अझै पनि पुस्तक प्रकाशन गर्दा प्रकाशन यहाँ गरे पनि वितरक काठमाडौंको संस्था राख्ने चलन छ। मेरो पनि अघिको पुस्तकमा सांग्रिलालाई वितरक राखिएको थियो।

हेटौंडामा साहित्यको बजार कस्तो छ ? पाठकहरू कत्तिको छन्?
संघीयतामा गइसकेपछि हेटौंडा अस्थाइ रुपमा प्रदेश राजधानी भयो। तर, त्यसको प्रभाव त अहिलेसम्म देखिइसकेको छैन।

यद्यपि, हिजोको हेटौंडा र आजको हेटौंडाको कुरा गरौं। हिजो जतिखेर कविता लेख्न र वाचन गर्न सिक्दै थिएँ म। त्यतिबेलाको हेटौंडामा पुस्तकहरू प्रकाशन हुँदै गर्दा मञ्चमा वा प्रकाशन भएको दिन निःशुल्क पुस्तकहरू बाँडिने हुन्थे।

अनि पुस्तकहरूमाथि पनि गहन छलफल नहुने अवस्था थियो। आजचाहिँ पुस्तक निस्किँदै गर्दा पुस्तक किनेरै पढ्ने संख्याहरू बढ्दैछन्। यसरी बढ्नु भनेको हेटौंडामा विस्तारै साहित्य मन पराउने वा साहित्यलाई ‘भ्यालु’ दिने बढ्दै गइरहेको जस्तो लागेको छ।

अब सन्दर्भ मोडौं। तपाईं पेसाले शिक्षक, विज्ञानको विद्यार्थी। साहित्यमा निरन्तर लागिरहनुहुन्छ। पेसाले लेखकको लेखनमा कस्तो प्रभाव पार्दो रहेछ?
नेपाली कविता र लेखनको इतिहास हेर्दा धेरै कविहरूले विज्ञान विषय मूल विषयका रुपमा आइएस्सी सम्म मात्र भएपनि पढेको देखिन्छ। अथवा विज्ञानको पृष्ठभूमिबाट जानुभएको पनि देखिन्छ।

यद्यपि, पेसागत कुरा गर्दा धेरै लेखकहरू यहाँनिर चुकेजस्तो लाग्छ। पेसागत दायित्व र लेखकीय उत्तरदायित्वको सन्दर्भमा। दुईटा डुंगामा खुट्टा राखिएको जस्तो गर्दा कहिलेकाहीँ लेखकीय उत्तरदायित्व पूरा गर्न खोज्दा पेसागत उत्तरदायित्व पूरा नहुने भइदिन्छ। पेसागत उत्तरदायित्वप्रति बढी सोच्दा लेखनमा प्रभावी हुन नसक्ने समस्या आउँदो रहेछ।

पेसालाई दोस्रो कुरा ठान्नुहुन्न भन्ने हिसाबले सोच्छु। पेसाप्रति बढी उत्तरदायी हुँदा कहिलेकाहीँ‘ जति साहित्यिक अध्ययन हुनुपर्ने त्यो नसकेको  र जति लेखनमा क्वालिटी आउन सक्ने हुन्थ्यो त्योचाहिँ सुवासको आउन नसकेको हो कि’ भनेर साथीहरूले गरेको प्रतिकृया सुन्ने गर्छु।

यस्तो बेलामा भने प्रभाव पार्दो रहेछ भन्ने महसुस हुन्छ।

तपाईंको एउटा कविता ‘कलेज एक यातना शिविर’ धेरैले रुचाएको कविता मध्येमा पर्छ। ‘विचारको उल्टो नदी’मा संग्रहित मध्येकै सशक्त लाग्छ यो कविता। यसको पृष्ठभूमिबारे जान्न मन लाग्यो।

यो कविता मैले फिजिक्समा स्नातकोत्तर गर्दै गर्दा लेखेको हुँ। कक्षामै यो कविताले मलाई क्लिक गरेको हो। हामी साइन्स पर्छौं। म्याथ पढ्छैँ। यो पढ्दै गर्दा हाम्रो साइन्स मानसिकता र दर्शनको लेभलमा युरोपसँग सादृश्यता राख्न त सक्छौं। तर, त्यो साइन्स हाम्रो दैनिक जीवनसँग कतिको गाँसियो ?आज बाँचिरहेको समाजसँग त्यो साइन्स कतिको मिल्छ ? हामी भ्यान्डिग्राफ जेनेरेटर भनेर पढ्छौं। क्वान्टम फिजिक्सका कुराहरू गर्छौं। इलेक्ट्रोनको मोसनका कुराहरू गर्छौं। त्यो कुरा फिलोसोफिकल लेभलमा गएर सोच्दा गज्जब लाग्छ।

तर, हामी हाम्रो दैनिक जीवनसँग गाँसिन्छौं नि, मेरो जीवनमा मैले कहिल्यै भ्याण्डिग्राफ जेनेरेटर देखेको छैन। सम्भवतः देख्ने छैन। युट्युवमा बाहेक। यस्तो कुरामात्र कति पढिरहने। आज मेरो देशलाई, समाजलाई आवश्यकता के हो ? मेरो साइन्स त्योसँग गाँसिनु पर्छ कि पर्दैन भन्ने हिसाबले मलाई क्लिक गरेपछि यो कविता लेखेँ। मैले मलाई हलो जोत्न सिकाइदेऊ भनेको छु। आजको हलो भनेको हिजोजस्तो हैन। प्रविधिमैत्री हो। त्यो खालको कुरा हाम्रो साइन्समा आउनु पर्छ भन्ने लागेर मैले कविता लेखेको हुँ।

तपाईंले कविता लेख्दाका सुरुवाती दिन कस्ता थिए?
सानोमा बुबाले कविता लेख्नुहुन्थ्यो। छतिवनमा साहित्यिक कार्यक्रम हुन्थ्यो। म पनि जान्थेँ। मासिक गोष्ठी हुन्थ्यो।  सुन्दा सुन्दै कविता लेख्न थालियो। पहिलो २ वटा कविता बुबाको डायरीबाट सारेर सुनाएको थिएँ। पछि विस्तारै आफ्नो कविता सुनाउनुपर्छ भनेर थाहा भएपछि कविता लेख्न थालेँ। कक्षा ८ पढ्दा मैले एउटा कविता लेखेको थिएँ। तत्कालीन माओवादीहरूले जुन गतिविधि गरेका थिए त्यसको विरुद्धमा लेखेको थिएँ। त्यो बेलामा वैचारिक तहमा पुगेको पनि थिइनँ।

एक जना रुद्र पाख्रिन भन्ने नेता मेरो घरमा आउनुभयो। बुबा घरमा हुनुहुन्थेन। ममी हुनुहुन्थ्यो। ‘बेलुका बाबु आउँछ होला। बाबुको बुवा त पुरानो कम्युनिष्ट मान्छे। बाबुले लेखेको कविता  हाम्रो विरुद्धमा रैछ। हामी लाग्नुको पनि पीडाहरू (कथाहरु ) छन्। राज्यसत्ताले लामो समयदेखि दपेटेका छन्। कसको संगतले लेखेछन् त्यस्तो कविता’ भनेर उहाँले ममीलाई सम्झाउनुभएछ।

सुरु सुरुमा मेरो नाम छापियो भनेर खुसी हुँदै लेखिन्थ्यो। तर, त्यसको प्रभाव पर्छ भन्ने थाहा भएपछि कविता साधना बढ्दै गयो। कविताको शक्ति विस्तारै महसुस हुँदै गयो।

दोस्रो कविता संग्रह निकाल्ने तयारी गर्दै हुनुहुन्छ?
२०७६ भित्रै आउने गरी दोस्रो सङ्ग्रहको तयारी गर्दैछु। पहिलो कविता संग्रहलाई समग्रमा समीक्षकहरूले सुवासको कवितामा एउटा विचारले अर्को कविताको विचारलाई काट्यो भनेर पनि भन्नुभयो। पछिल्लो समयका कवितामा वैचारिक विरोधाभाष चैं नहोला।  वैचारिकताको दृष्टिकोणले नयाँ संग्रहमा अलि बढी स्पष्ट हुन्छु भन्ने लाग्छ।

प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  १३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
२६ वर्षको संघर्षपछि ‘लज्जावती’मा हिरो बने श्री कृष्ण निरौला, सुनाए फिल्मको कथा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहे पनि प्रमुख भूमिकामा देखिने अवसर नपाएका निरौला ‘लज्जावती’मार्फत पहिलोपटक प्रमुख भूमिका... आइतबार, साउन २४, २०८३
‘फिल्म मनोरञ्जन मात्र होइन, यसले समाज बोल्नुपर्छ’ ‘फिल्म एक मनोरञ्जनको माध्यम मात्र होइन, यसले त समाज बोल्नुपर्छ’ भन्ने मान्यता राख्छन् रिम । कक्षा ६ मा पढ्दा फेल भएपछि सँगैका साथिभा... मंगलबार, चैत १९, २०८१
निश्चल बस्नेत भन्छन्– हलहरूले अन्याय गरेपछि ‘दिमाग खराब’को प्रदर्शन रोक्यौं तेस्रो हप्ताबाट हलले ६५ प्रतिशत सेयर लिन्छ र निर्मातालाई ३५ र प्रतिशत दिन्छ। बाहिर हेर्दा फिल्म चलिरहेको पनि देखिन्छ। पैसा कमाइरहेको... बुधबार, कात्तिक २९, २०८०
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्