• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मणि शाहलाई पेलेले दिए आफ्नै जर्सी उपहार

64x64
नेपाल लाइभ आइतबार, फागुन १३, २०७४  १७:२४
1140x725

काठमाडौं- असीको दशक जतिबेला अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोना विश्व फुटबलमा सनसनी मच्चाइरहेका थिए। नेपालमा एउटा युवा खेलाडीको तुलना उनीसँग हुन थाल्यो। उस्तै उचाइ। लामो र कर्ली परेको ‘हेयर कट’। देब्रे खुट्टाले प्रहार गर्न सक्ने गजबको समानता। फेरि दुवै मैदानमा उत्रिन्थे, १० नम्बर जर्सी पहिरिएर। 

करिब एक दशक नेपालको राष्ट्रिय टोलीबाट खेल्दा मणि शाहको परिचय बनिसकेको थियो, ‘नेपाली म्याराडोना’।

सुन्दा अचम्म लाग्न सक्छ, म्याराडोनाको खेलको भक्त मणिसँग आफ्नो लोकप्रिय खेलाडीको कुनै चिनो छैन। बरु अन्तर्राष्ट्रिय फुटबलमा म्याराडोनाका कट्टर प्रतिस्पर्धी मानिने ब्राजिली फुटबलका महान् हस्ती पेलेले पठाएको उपहार छ। 

आखिर कसरी पेलेले ‘नेपाली म्याराडोना’लाई आफूले हस्ताक्षर गरेको ब्राजिलको १० नम्बर जर्सी पठाए? 

यसको कहानी रोचक छ।

ब्राजिलको साओ पाउलो फुटबलका लागि चर्चित छ। यहाँको सडक मात्र होइन, रेस्टुराँमा समेत फुटबलको चहलपहल मज्जाले अनुभव गर्न सकिन्छ। यसमा पनि ब्राजिललाई तीनपल्ट विश्वकप उपाधि दिलाउने मेघास्टार खेलाडी पेलेको पोस्टर र टिसर्ट जताततै देखिनु अनौठो होइन। 

ब्राजिलको यही सहरमा आफ्ना कट्टर समर्थकलाई अटोग्राफ दिन पुग्ने गर्छन, पेले। तर रोचक विषय, उनको अटोग्राफ सबैले पाउँदैनन्। पेलेको अटोग्राफ लिन महिनौंअघि आफ्नो नामसहित सम्पूर्ण विवरण पठाउनुपर्ने हुन्छ। यही विवरणको आधारमा पेले आफ्ना कट्टर समर्थक र प्रतिभावान् खेलाडीलाई अटोग्राफअंकित टिसर्ट प्रदान गर्छन्। करिब १० वर्षअगाडि ब्राजिलमा रहेका मणिका एक समर्थक गणेश रिमालले सम्पूर्ण विवरण टिपाएका थिए। 

नेपाली भए पनि मणिको खेल जीवन लोभलाग्दो थियो। त्यसैले पेलेले १० नम्बर जर्सीमा आफ्नो नाम सम्बोधन गर्दै हस्ताक्षर गरे। साओ पाउलोमा आफ्नो लागि पेलेले ब्राजिलको १० नम्बर अंकित जर्सीमा हस्ताक्षर गरिरहँदा मणि भने नेपालमा अनभिज्ञ थिए। 

Ncell 2
Ncell 2

रिमालले जर्सी काठमाडौं पठाए। मणि चकित परे। 

‘मलाई थाहा छ, अन्तर्राष्ट्रिय फुटबलमा पेले र म्याराडोनाबीच त्यति राम्रो सम्बन्ध थिएन। तर, दुवै कहलिएका खेलाडी हुन्,’ अहिले पनि घरमा पेलेको जर्सी सम्हालेर राखेका मणि भन्छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्ष हुँदा मणिलाई सन् २००२  विश्वकपको सेमिफाइनल र फाइनल जापानको रंगशालामा गएर हेर्ने मौका जुरेको थियो। यतिबेला उनले आफ्ना आदर्श म्याराडोनासँग भेट हुने अपेक्षा गरेका थिए। म्याराडोनाका लागि फिफाले रंगशालामा बसेर हेर्ने विशेष व्यवस्था मिलाएको थियो। फुटबल हेर्न म्याराडोना जापान त पुगे तर भिसा विवादका कारण उनले खेल रंगशालामा नभएर होटलमा बसेर हेर्नुपर्‍यो। यसपछि मणिको म्याराडोना भेट्ने सपना त्यहीँ तुहियो।

 

मणि शाह सन् १९८५ दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा समावेश भएका थिए। यतिबेला उनको उमेर १७ वर्ष मात्र थियो। उनले सन् १९९८ मा थाइल्यान्डको बैंककमा आयोजित एसियाडमा देशको झन्डा बोक्दै इतिहास रचेका थिए। एसियाडमा राष्ट्रिय झन्डा बोक्ने उनी एक्ला फुटबल खेलाडी हुन्। 

मणिको नेपाली फुटबलमा सम्झनलायक थुप्रै खेलहरू छन्। सन् १९९३ ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले जितेको एक मात्र स्वर्ण फुटबलबाट प्राप्त भएको थियो। त्यतिबेला नेपाललाई स्वर्ण दिलाउन उनकै भूमिका निर्णायक थियो। 

भारतविरुद्ध फाइनलमा खेल सकिन ३० सेकेन्ड बाँकी हुँदा पाएको फ्रि-किकलाई गोलमा परिणत गर्दै हारको संघारमा पुगेको नेपाललाई जोगाएका थिए। उनले गोल गर्नुअघि नेपाल २–१ गोलले पछाडि थियो। उनको ‘ट्रेडमार्क’ बायाँ खुट्टाको फ्रि-किक गोलपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। र, नेपालले अन्ततः पेनाल्टी सुटआउटमा भारतलाई ४–३ गोलले जित्यो। पेनाल्टीमा पनि उनले महत्वपूर्ण गोल गरे। 

फर्ममा रहेकै अवस्थामा उनले १९९७ मा फुटबलबाट संन्यास लिए। अहिले पनि उनी १९९३ को साफ गेम्समा देशलाई स्वर्ण दिलाउन आफूले गरेको योगदानप्रति नतमस्तक छन्। भन्छन्, ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा धेरै खेल जिताइयो होला। तर, छैटौं साफमा देशलाई स्वर्ण जिताउन मैले जुन योगदान गरेँ, यो कहिले बिर्सन सक्दिनँ,’ उनी स्मरण गर्छन्। 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०७४  १७:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
मूलपानीमा लुटेरा नियन्त्रण गर्न दुई राउन्ड गोली प्रहार प्रहरी स्रोतले प्रशासनलाई जानकारी दिएअनुसार, लुटेरालाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएपछि अवस्था नियन्त्र... बिहीबार, माघ १५, २०८२
बाबु–छोराको झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु मंगलबार राति पौने ११ बजेतिर घेवारचौरमा तामाङको मृत्यु घटनापछि अनुसन्धानका लागि ५२ वर्षीय ओङ्दी शेर्पा र उनका छोरा २६ वर्षीय कुन्सा ग... बुधबार, माघ १४, २०८२
रौतहटमा नक्कली भारुसहित दुई जना पक्राउ सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मुख्यालय गौरका प्रमुख डिएसपी प्रेमसागर विष्टका अनुसार शङ्कास्पद नोटसहित उनीहरूको साथबाट सक्कली... बुधबार, माघ १४, २०८२
ताजा समाचारसबै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ १५, २०८२
सेयर बजारमा साढे १७.५३ अंकको गिरावट बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह बिहीबार, माघ १५, २०८२
जापानी भाषा परीक्षा विरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज बिहीबार, माघ १५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्