केप टाउन– दक्षिण अफ्रिका विरुद्ध तीन खेलको टी–२० सिरिज भारतले जितेको छ। भारतले शनिबार भएको तेस्रो तथा निर्णायक टी–२० खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै सिरिज २–१ ले जितेको हो।
पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १ सय ७२ रन जोड्यो। भारतका लागि शिखर धवनले ४७ र सुरेश रैनाले ४३ रनको योगदान गरे। बलिङतर्फ दक्षिण अफ्रिकाका जुनियर डालाले ३ विकेट लिए भने क्रिस मोरिसले २ विकेट हात पारे।
१ सय ७३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाएन सक्यो। दक्षिण अफ्रिकाका लागि जेपी डुमिनीले ५५ र क्रिस्टियन जोनकरले ४९ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङतर्फ भारतका भुवनेश्वर कुमारले २ विकेट लिए। खेलको प्लेयर अफ दि म्याच सुरेश रैन हुँदा भुवनेश्वर कुमार म्यान अफ दि सिरिज भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।