लिभरपुल– इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सानदार जित हात पारेको छ। शनिबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्याम युनाइटेडलाई ४–१ गोलले पराजित गरेको हो।
लिभरपुलका लागि इम्रे कानले २९ मिनेटमा गोल गर्दा बाँकी ३ गोल दोस्रो हाफमा भयो। मोहमद सलाहले ५१, रोबर्टो फिर्मिनोले ५७ र साडियो मानेले ७७ मिनेटमा गोल गरेपछि लिभरपुलले सानदार विजय प्राप्त गरेको हो। वेस्ट ह्यामका लागि एन्टोनियोले ५९ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।
लिगका अन्य खेलमा हडर्सफिल्डले वेस्ट ब्रुमलाई २–१, ब्रिङ्टनले स्वान्सीलाई ४–१ र वाटफोर्डले इभर्टनलाई १–० गोलले पराजित गरेका छन्। लेस्टर र स्टोक तथा वर्नली र साउथह्याम्टनले समान १–१ गोलको बराबरी खेल्दा वर्नमाउथ र न्युकासलले २–२ गोलको बराबरी खेलेका छन्।
जितपछि लिभरपुल २८ खेलबाट ५७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको म्यानचेस्टर सिटीको २७ खेलबाट ७२ अंक छ। तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ५६ र चौथौं स्थानको चेल्सीको ५३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।