काठमाडौं- निर्वाचन आयोगले उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ताको समय आजलाई तोकेको छ।
प्रतिनिधि र प्रदेशसभा अन्तर्गतका उम्मेदवारहरुको आज मनोनयन हुने भएको हो।
निर्वाचन आयोगले सम्न्धित निर्वाचन क्षेत्रमा खडा गरेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुने आयोगले जनाएको छ।
मनोनयन दर्ता भएका उम्मेदवारको नामावली १ः३० देखि ३ बजेसम्म प्रकाशन गर्ने आयोगले जनाएको छ। मनोनयन गरेका उम्मेदवारविरुद्ध उजुरीको समय शुक्रबार निर्धारण गरिएको छ।
स्थानीय तहका उम्मेदवारको मनोनयन दर्ता कार्तिक २७ लाई तोकिएको छ।
यसैबीच नेकपाबाट कास्की क्षेत्र नम्बर-२ बाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन्। कास्कीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।