बार्सिलोना– स्पेनिस ला लिगाको उपाधि जित्ने अभियानमा रहेको बार्सिलोनाले अर्को सानदार जित दर्ता गराएको छ। बार्सिलोनाले शनिबार राति भएको खेलमा गिरोनालाई ६–१ गोलले पराजित गरेको हो।
खेलमा अग्रता भने गिरोनाले लियो। तेस्रो मान्जारेनाले गोल गरेर गिरोनालाई अग्रता दिलाएका थिए। २ मिनेटपछि बार्सिलोनाका लागि लुइस सुआरेजलले बराबरी गोल फर्काए। त्यसपछि लिओनल मेसीले ३० र ३६ मिनेटमा गरी २ गोल गर्दा बार्सिलोना ३–१ ले अघि बढ्यो। ४४ मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना पहिलो हाफमा ४–१ गोलले अघि रह्यो।
फिलिप काउटिन्होले ६६ मिनेटमा बार्सिलोनाका लागि पाँचौ गोल गरे। ७६ मिनेटमा सुआरेजले ह्याट्रिक पूरा गर्दा बार्सिलोनाको अग्रता ६–१ मा पुगेको थियो।
खेलपछि बार्सिलोनाले २५ खेलबाट ६५ अंक बटुलेको छ। एक खेल कम खेलेको दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ५५ अंक छ। २५ खेल खेलेको साविक विजेता रियल म्याड्रिड ५१ अंक जोडेर तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।