काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोमा अनेरास्ववियू र नेविसंघको काठमाडौंमा प्रदर्शन, गो ब्याक इन्डियाको नारा, तत्काल कूटनीतिक पहल गर्न सरकारसँग माग ।
२) चक्रवर्ती नर्सिङ कलेजबाट ठगिएका ३० विद्यार्थीद्वारा माइतीघरमा नाराबाजी, कलेजले गरेको गल्तीको सजाय आफूहरूलाई नदिन सम्बन्धित निकायको ध्यानाकर्षण ।
३) प्रदेश प्रमुख पदमुक्त र नियुक्त गर्ने सरकारको निर्णय निर्वाचन आचारसंहिता विपरीत नरहेको आयोगद्वारा स्पष्ट, कुनै पनि बुँँदामा ती विषय उल्लेख नभएकाले उल्लंघन भन्न नमिल्ने जिकिर ।
४) चौध वर्षपछि प्रथम श्रेणी क्रिकेट खेल्दै नेपाल, पहिलो दिनको खेल सकिँदा बलियो अवस्थामा एमसिसी, पहिलो दिन नै कटायो ३ सय रन ।
५) र, इरानद्वारा नयाँ युरेनियम सम्बर्धन र भण्डारण कार्यक्रम पुनः सुरु, युरोपियन शक्तिहरुबाट सम्मान पाउने विश्वास, सुरक्षा खतरा हुने शक्तिशाली देशहरुको आरोप ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।