काठमाडौं- प्रतिनिधि सभा सदस्यका लागि कास्की-२ मा हुने उपनिर्वाचनका लागि कांग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेसको बैठकले पौडेलको नाम सिफारिस गरेको हो। उक्त नाममा निर्णय गर्नुअघि महामन्त्री सशंका कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलले भने बैठक असहमति जनाएका थिए।
देउवा इतर समूहले देवराज चालिसेको नाम प्रस्ताव गरेको थियो।
सअघि कास्की क्षेत्रीय समितिले तीन जनाको नाममा सहमति जुटाउन नसकेपछि आकांक्षी १६ जनाकै नाम केन्द्रमा पठाइएको थियो।
पूर्वमन्त्री रवीन्द्र अधिकारसँग पराजित देवराज चालिसेलाई फेरि मौका दिनुपर्ने पक्षमा उनीहरु थिए। तर देउवाले उनीबाहेक अन्यलाई मौका दिनुपर्ने भन्दै पौडेलको नाम प्रस्ताव गरेका हुन्।
केन्द्रमा उनीहरु बाहेक महादेव गुरुङ, सोभियतबहादुर अधिकारी, निर्मल कर्माचार्य, माधव बास्तोलाको नाम पनि थियो।
साथै ऋषि काफ्ले, कृष्ण कार्की, वीरेन्द्रनारायण बिजुक्छे, गुरु बराल, विजय आचार्य, केशव निर्दोषीको नाम पनि १६ जनामा परेको थियो। चार महिला पनि आकांक्षी देखिएका थिए। उम्मेदवार इच्छुक महिलामा लक्ष्मी पाण्डे, खेमकुमारी बराल, रंगिला आचार्य र विमला भण्डारी थिए।
यस्तै कांग्रेसले प्रदेशसभाका उम्मेद्वार पनि चयन गरेको छ।
बागलुङ-२ को (ख) मा जित शेरचन, दाङ-३ को (ख) मा केशव आचार्य र भक्तपुर १ को (क)मा कृष्ण भंडेललाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ।
(फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।