काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता अनिल झाले संविधान संशोधन नभएसम्म आफूहरु सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्।
काठमाडौंमा आज आयोजित कार्यक्रममा नेता झाले नयाँ सरकारको नेतृत्वकर्ता दल एमालेका कारण यसअघि संविधान संशोधन हुन नसकेको बताए। ‘हामी संशोधनको पक्षधर हौं, तर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली संशोधनको लागि इच्छुक हुनुहुन्छ कि हुनुहुन्न भन्ने मुख्य प्रश्न छ,’ झाले भने, ‘उहाँहरुसँग अहिले प्रचण्ड बहुमत छ, हामी पनि भयौं भने दुई तिहाइभन्दा बढी बहुमत हुन्छ। तर संविधान संशोधन नगरी सरकारमा जान सकिँदैन।’
नेता झाले एमाले–माओवादीसहित राजपा र फोरम मिलेको खण्डमा संशोधनको लागि दुई तिहाइ पुग्ने र संशोधन सजिलै पारित हुने अवस्था रहेको बताए। 'हामीलाई सरकारमा जान कुनै हतारो छैन, अहिले हामीले सरकारमा जानेबारे सोचेको पनि छैन,' उनले भने, 'सरकारमा त्यतिकै सहभागी भयौं भने जनताले के भन्छन्? हामी संशोधन पक्षधर भएकोले राजपा र फोरमले दायाँबायाँ गर्ने अवस्था छैन।’
विगतको एमालेको संशोधनप्रतिको प्रस्तुति निर्दयी रहेको गुनासो गर्दै नेता झाले यथास्थितिमा एमालेसँग सहकार्य गर्ने कुनै सम्भावना नरहेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।