पटना (एजेन्सी)– विहारको मुजफ्फरपुरमा स्तब्ध पार्ने एउटा घटना भएको छ। स्कुल परिषरभित्र तीब्र गतिमा दौडिएको गाडी प्रवेश गरेपछि ९ केटाकेटीको निधन भएको छ, २४ विधार्थी भने घाइते छन्। यी सबै प्राथमिक विधालयका विधार्थी थिए, जो स्कुल छुट्टी भएपछि घर फर्किने तरखरमा थिए।
अनियन्त्रित रुपमा बलेरो गाडीले विधार्थीलाई ढक्कर दिँदै नालीमा फसेको बताइएको छ। घटनाको जानकारी पाएर ठूलो संख्यामा विधार्थीका आफन्त ग्रामीण अस्पताल पुगेका छन्। मुजफ्फरपुरको मीरपुर खण्डमा अनियन्त्रित बोलेरो स्कुल परिषरभित्र प्रवेश गरेको थियो। प्रहरीका अनुसार घटना अहियापुरको झपहा गाउँस्थित एउटा स्कुलमा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।