काठमाडौं- प्रदेश ५ मन्त्रिपरिषदको बैठकले अनुप बाँस्कोटालाई सूचना तथा संचार प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।
२०५५ सालदेखि काठमाडौं विश्वविद्यालयमा प्राध्यापन शुरु गरेका बाँस्कोटा कम्प्युटर इन्जिनियरिङ विभागमा सह-प्राध्यापक थिए।
त्यसैगरी उनी संघीय सरकारको राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकको रुपमा कार्यरत हुँदा नेपाल सरकारको ई-गभर्नेन्स कार्यक्रमको कार्यान्वयन सुरु भएको थियो।
राष्ट्रिय परिचयपत्र, ई-सवारी अनुमतीपत्र, सरकारी एकीकृत सूचना केन्द्र, डिजास्टर रिकभरी सेन्टर र राष्ट्रिय ई-मानकको योजना निर्माण तथा कार्वान्वयनमा प्रमुख भूमिका खेलेका उनले एसियाली विकास बैंकको सहयोगमा सन्चालित राष्ट्रिय सूचना प्रविधि विकास परियोजनाको कार्यक्रम निर्देशक रहेर पनि बिगतमा राष्ट्रको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य योगदान दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।